“रातो कागज”

Subash, Suwash, Lamichhane, सुबास लामिछाने, pallawa, पल्लव

सुबास लामिछाने

एकदिन,
म घुम्दैफिर्दै एउटा गाउँमा पुगेँ
गाउँको न त नाम नै थाहा छ मलार्इ
न त जिल्ला नै,

पुगेँ म सोही गाउँको एउटा निर्जर चउरमा
र हेरेँ नियालेर ती लडेका छानोहरुलार्इ
अनि फेरि हेरेँ ती बाझोँ खेतहरुलार्इ,

कवि त होइन म तर
मेरो मगजमा कविता फुर्यो र
म कविता लेख्न तयार भएँ तर अफसोच
गोजिमा कलम मात्र रहेछ कागज बिना नै,

 

यताउता हेरेँ कागज पाइन्छ कि भनेर
तर मानिसले साथ छोडेको त्यो गाउँमा कागज रहेनछ
अनि कागज खोज्नका लागि म हिडेँ,

अलि पर एउटा सानो झुपडी रहेछ
झुपडी भित्र पसेर हेरे कहि कागज छ कि भनेर
तर त्यहाँ कागजबिना नै बडो बिचित्रको कथा भटेँ मैले,

भुइँ भरी छरिएका ती चुराका टुक्राहरुले केही भनिरहेका थिए
भित्तामा लागेको त्यो रगतको टाटोले पनि केही भन्न खोज्दै थियो
फेरि पनि ती कुनामा लडेका सराबका–
सिसिहरूले नयाँ कथा व्यक्त गर्न चाहेका थिए,

कागजको मलार्इ कुनै फिक्री रहेन
जब मैले पारीपट्टि कागजका पाना जस्ता सेता हिमाल हाँसिरहेको देखेँ
अनि
मेरो मनमा लाग्यो अब मलाइ कविता लेख्न कागज चाहिँदैन
म तेहि हिमालको छातीमा कविता कोरिदिन सक्छु,
म तेहि घरको भित्तामा कविता लेखिदिन सक्छु

सबै तिर खोजीहिँड्दा झुपडीको दलिनमाथी
ओखतीको सिसि
अनि धमिरा लागेको एउटा कागज भेटेँ,

त्यो कागज तेहि घरको विवश हर्केले
अरबबाट पठाएको चिठीको पाना रहेछ,

अनि कोल्टे फेरेँ मैले
घामले मलाइ चिमोटेर ब्यिउँतायो,

म मनमनै मुस्कुराउन थालेँ
र आफैँलाइ भनेँ
सपना पनि सत्य हुँदो रहेछ…

सुबास लामिछाने

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.