गजल

Spread the love
Jibika, Khatiwada, Gantok, Sikkim, जीविका खतिवडा अश्रु’, pallawa , पल्लव

जीविका खतिवडा ‘अश्रु’

उ चाहिँ राम्रो म चाहिँ खराब कहिले नभन्नु
तिमीबाट पर्यो प्रभाब कहिले नभन्नु ।

तनाब धेरै भएपछी हिम्मत बटुल्न,
छिरें भट्टि पिए सराब कहिले नभन्नु ।

जत्ती बिस्वास गर दुईको एउटै हुन्न बिचार
पराइ सामु भयो तनाब कहिले नभन्नु ।

 

मगन्तेलाइ श्रीपेच लगाई राजा बनाएर,
शिर झुकाइ हजुर नवाब कहिले नभन्नु ।

हिम्मत जुटाइ ऐना पनि हेर्न नसक्नेले,
मुस्कुराउने छैन स्वभाव कहिले नभन्नु ।

जीविका अश्रु
गान्तोक, सिक्किम

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *