“फुर्सद”

Trilochan, Subedi, त्रिलोचन सुबेदी, pallawa, पल्लव

त्रिलोचन सुबेदी

हतार
उस्लाई हुन्छ
जस्लाई पाउनाका लागि काल पनि
निराहार ब्रत बसिरहेको हुन्छ
जो मृत्युका लागि छट्पटाईरहेको हुन्छ
हतार उस्लाई हुन्छ जो दुर्घटनामा परेकोहुन्छ
रगतले उस्लाई छोडिरहेको हुन्छ
उस्ले रगत खोजिरहेको हुन्छ
स्वास लिनलाई मान्छेले
कहिल्यौ हतार गर्दैन –

 

जब हतार गर्छ
उस्लाई बाकि समय बाच्नु पर्दैन
हतार उस्लाई हुन्छ
जो खेत बारि साहुको काखमा
आमालाई अधेरि रातमा राखी
आफू चाहि बिदेशिन हिडेको छ
हतार देश बिगार्नेलाई हुन्छ
जो सभामा ढिला आउछ
र सबैभन्दा चाडो जान भ्याउछ
तिमि र म त
अभियोग नलागेका प्रेमि
तेसैले पख है प्रिया
फुर्सदमा प्रेम गरौला।।

नाम : त्रिलोचन सुबेदी
ठेगेना: बर्दिया
मोबाईल: ९८४८१३३३३१

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.