गजल

Sharmila. Shrestha. शर्मिला श्रेष्ठ, pallawa, पल्लव

शर्मिला श्रेष्ठ

धर्ती आमाको पीडा बुझी हेर
कर्मठ योद्धाका कुरा सुनी हेर।

उठ!अवेला हुन थालिसक्यो
जनहितको लागि कुदी हेर।

घर दैलो सम्म पुग्नु छ तिमी
दुःखीत मनमा के छ?घुसी हेर।

 

चारजात छत्तीस वर्ण छौं हामी
एकताको तसलामा मुछी हेर।

सर्व शक्ति बन्नेछ मुछाईहरु
एकत्रित भएका ती मुठी हेर।

देश् जादैछ अझै अधोगति तिर
निफनी सबै ब्यतित त्रुटी हेर।

ममत्वको भाव छुटाउॅनै पर्छ
देश् को अस्तित्वको लागि झुकी हेर।

शर्मिला श्रेष्ठ
ललितपुर ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.