गजल

Spread the love
Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

चुम्न थाले अर्कैको बगैँचाका फूलहूरू ।
चोर कै स्वर ठुलो हुन्छ गरेनी भुलहूरू ।।

अचम्मैछ पानीले नै प्यासी खोजे पछि ।
गाह्रो हुन्छ पाउन स्वच्छ पानी मुलहूरू ।।

पहिले कठीन थियो मालीको तगारोले ।
तोड्यौ रीत पाएसी चाहे जति पुलहूरू ।।

 

भँमराकै रजाईं भयो, फूलैफूल पाएसी ।
बासना छर्दै जवानीकै चलेसी सुलहूरू ।।

संसार नै काइदाछ दुबैलाई फाईदा छ ।
फूलबारी नै अति भएसी अनुकूलहूरू ।।

भँमरा र फूलको स्पर्श देखेछु खुलेको ।
जताततै उस्तै जोडीको देख्छु हुलहूरू ।।

स्वाद फेर्ने बाजीछ दुबै पक्ष नै राजीछ ।
अतुर देख्छु जहिले पनि चुलबुलहूरू ।।

– गम बयम्बु मगर,
निस्दी गा.पा.-६, अर्चले, पाल्पा
लेखन- २७ भदौ २०७४

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *