गजल

Spread the love
sisha, tharu, Hindu, सिसा चौधरी, pallawa, पल्लव

सिसा चौधरी

सिङ्गो मुटु आधा दर्जन दोकान भयो
उस्को लागि मेरो माया चट्टान भयो

खेलेर जुवाँ हारे दाउँमा सम्पत्ति जति
बिग्रीयो छोरो परिवारमा हैरान भयो

खोला झैँ जिन्दगी बगी रैछ,फर्किन्दैन
अधुरो बाचा कसम सबै उखान भयो

 

गरिवले सधैं कटेरो नै महल सम्झन्छ
अझ मैन बत्ती टुकीको सम्मान भयो

खाई नखाई साहुँको काम गर्दैथ्यो ऊ
चर्कियो मुटु सिदियो सस्तो ज्यान भयो

काँडा बिच फूलेको फूल उपहार पाएँ
नाम लेखे नाडी काटी प्रेम बर्दान भयो !!

सिसा चौधरी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *