गजल

Spread the love
Taraa, Sharma, तारा शर्मा, pallawa, पल्लव

तारा शर्मा

नभन प्यारा जवानी सजाएर बस।
तन मनमा तिर्सना जगाएर बस।।

तिमी आउने दिन गन्दैमा रात बित्छ।
सक्छौ भने थोरै निदरी पठाएर बस।।

बिदेशी भूमिमा तिमी अर्कै दुनियाँमा।
भन्छौ ढिकी जाँतो मात्र समाएर बस।।

 

बेलि र चमेली मग्मगाएको बेलामा।
भन्दै नभन भमरा अघाएर बस।।

कुन्ठित यी मनका इच्छा अनि चाहना।
कसरी भन्न सक्छौ र? दबाएर बस।।

– तारा शर्मा
भरतपुर चितवन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *