प्रवाशी काजीका पाँच मुक्तकहरूः

Spread the love
Kaji, Prawasi, Surya, Bahadur, Thapa, प्रवाशी काजी, pallawa, पल्लव

प्रवाशी काजी

अलिकति न्यानो लाग्ला यता सरे भैगो।
किन लजाउनु यति धेरे स्पर्श गरे भैगो।
प्रियवर खुलेआम आउ भन्दाभन्दै पनि।
आसपास आउन डर्नेले आजै मरे भैगो।

गर्छु मरिहत्य म पनि माया गर्नेका लागि।
सधैभरी ठाउ दिन्छु नजिक सर्नेका लागि।
यो धर्तीबाट चाडै बिलिन भईदिउ लाग्छ।
मलाई देख्ने बित्तिकै आँखा तर्नेका लागि।

 

तिमीलाई आफनो बनाउने ईच्छा पनि हो।
बाधाहरु अनेक पिरतीमा परिक्षा पनि हो।
हजारौ कोशिश पछि हासिल भईनौ तिमी।
लाग्यो मायामै धोका एक शिक्षा पनि हो।

तिमीसंग अचानक चिनजान भएपछि।
नजर नजरहरु बिच हानाहान भएपछि।
प्रिया हतार नगर म जिन्दगी बनाउदैछु।
अंगाल्छु तिम्लाई मेरो पहिचान भएपछि।

मनको मान्छेलाई सम्झाईबुझाई गर्ने मन छ।
र मायाको इजहार पासमा आई गर्ने मन छ।
जिन्दगी हो उताचढाव मायामा पनि आउछन्।
रिसाउने बनाएर आफै फकाई गर्ने मन छ।

प्रवाशी काजी
सुर्य बहादुर थापा,
रावतकोट दैलेख, हालः बालासिनोर गुजरात भारत

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *