गजल

Spread the love
Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

नशा रूपी आँशु पिए माया भुल्ने बाहनामा ,
रात दिन झन सम्झिए माया भुल्ने बाहनामा ।

जिन्दगीको लामो यात्रा सुरु नभै अन्त्य हुँदा ,
रित्तो डुङ्गा सरी खिए माया भुल्ने बाहनामा ।

रङ्गिन त्यो दुनियामा माया साट्ने भिड भित्र ,
हेर्दा आफु एक्लै थिए माया भुल्ने बाहनामा ।

 

स्मृतिको पानाबाट अतित मेट्न गाह्रो हुँदा ,
पलपल मर्दै कती जिए माया भुल्ने बाहनामा ।

सधैँलाई भुल्छु भन्दा ‘शान्ति’मय जिन्दगी नै ,
बैगुनिलाई सुम्पि दिए माया भुल्ने बाहनामा ।।

शान्ति अधिकारी
कोहलपुर, बाँके ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *