रामकृष्ण भट्टका तीन गजल

Spread the love
Ram, Jetho, Ram रामकृष्ण भट्ट, , राम जेठो राम, pallawa, पल्लव

रामकृष्ण भट्ट

गजल– १,
एक पलको भेटघाट, धीत मर्दैन भन्छौ
एति विग्न तडपाएर प्रीत मर्दैन भन्छौ ।।

फालि दियौ तिनै दुखको माहासागर भित्र
साहास देखाउ तरेर, जीत मर्दैन भन्छौ ।।

भेष बदलियो परिवेश बदलियो तिम्रो
कुसस्कारको शिक्षा दई रीत मर्दैन भन्छौ ।।

 

आफ्नै घरमा आगो लगाई खरानी पारेर
अरुको लागि सेवा गरे हीत मर्दैन भन्छौ।।

उसैको घाँटी थिचीदिएर अवोला वनायौ
गाउनु पर्छ गाउ खुलेर ,गीत मर्दैन भन्छौ ।।

गजल– २,
दृश्य भ्रम पारि छलाएर गयौ
दिलको चाहात गलाएर गयौ।।

अटल थिए अधरका साहास
चन्चल पारेर, चलाएर गयौ।।

तृष्णाको महल सजाएर राखें
धरातल भित्र ढलाएर गयौ ।।

पल भरमै खुशी छिन्यो तटमा
कर्मको वियोगी कलाएर गयौ ।।

प्राहार भयो अवोध चाहानमा
नोकर बनाई दलाएर गयौ ।।

धोएर जाँदैन दाग लागे पछि
वेचैंनीको फल फलाएर गयौ ।।

गजल– ३,
चाल्न जानें यो जीवन मिठो हुन्छ खुवा जस्तै
कहिले हार कहिले जीत खेलको जुवा जस्तै ।।

मिठो सुवास र सदभावले पग्लिन्छ मन
उड्छ नजान्दा सपना,सिमलको भुवा जस्तै ।।

सदियौं देखि आए पीए, रीति रिवाज उस्तै
छैन भिन्न बिवेक दोवाटोको कुवा जस्तै ।।

तेरेा मेरो भन्दै किन मरी हत्ते गर्नु यहाँ
यो चोला, नीलो गगनमा विलीन धुवा जस्तै ।।

रामकृष्ण भट्ट,
नुवाकोट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *