आमोदीका ‘क़व्वाली’

Spread the love
Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

गजलको भो गफ नलाऊ म तिम्रा बहर हेर्ने छु-
कति पिलाउन सक्दछ्यौ ? पिएर ज़हर हेर्ने छु ,
न लाऊँ धाक जोरले र तिम्रो सहर हेर्ने छु ।

मधुमास फर्किन देऊ या झमझम वर्षा बर्सिन देऊ-
आउन देऊ सुहागरात या मधुरसका मौसमहरु ,
कसरी फर्किदो रहेछ बैंस म सबै लहर हेर्ने छु ।

क़व्वाली गाउने छु अनुकूल मिलाई एक साँझ-
कहाँ के कति भए घात ? सबै ती क़हर हेर्ने छु,
छ मुस्लो प्रेमको भन्थ्यौ कति रहेछ नहर हेर्ने छु ।

 

एकान्त ठाउँ भेटियोस् न, गर्दछु के म तिमीलाई-
कस्नेछु आलिड्’गनमा र चुमेर अधर हेर्ने छु ,
यो बैंस अर्पिएर तिमीलाई पग्लिदो प्रहर हेर्ने छु ।

म जान्दछु कुन कस्तो घरानकी हौ तिमी सबै ?
नगरी कसरी रहन सकौली म पनि क़दर हेर्ने छु,
कसरी तोडेर पिरती गर्दछ्यौ म पनि बदर हेर्ने छु ।

  • केशवराज आमोदी / चितवन नगरी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *