गजल

Srijana, Koirala, Pokhara, सृजना कोइराला, pallawa, पल्लव

सृजना कोइराला

प्रभातमा सूर्योदयसँगै, सुन्दर हिमाल खुलेको छ ।
हरिया जङ्गल पाखा डुल्दै, यो मन भुलेको छ ।

बेँसी हेर्दा उस्तै रौनक, कार्तिकको महिना यो
पहेंलपुर फाँट चारैतिर, लहलह धान झुलेको छ ।

उकाली, ओराली धाउँदै, काममा व्यस्तता छ धेरै
मायालुको मीठो साथ छ, दुःख अन्तै डुलेको छ ।

 

मानो रोपी मुरी फल्ने, हाम्रा उर्वर फाँटहरू छन्
अनुकूल मौसम रह्यो, खुसीको फूल फुलेको छ ।

कृषी प्रधान देशका हामी, कर्मठ नागरिक हौं ।
पसिनाको फल भित्र्याउँदा, हर्षले छाती फुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.