सृजना कोइराला का जोर गजल

Srijana, Koirala, सृजना कोइराला, pallawa, पल्लव

सृजना कोइराला

गजल– १,
आदर्शपूर्ण नाराबाजी, गर्ने धेरै छन !
निमुखा र सोझा यहाँ, मर्ने धेरै छन !

अवोध ति जनताहरू, अन्धभक्त बनेपछि
अहमताको मैदानमा, चर्ने धेरै छन !

कुरा गराई हुने गर्छन, जादुगरका जस्तै
व्यवहारमा संकिर्ण भाव, भर्ने धेरै छन !

 

सर्वसाधारण रहने भए, सदैव तनावमा
उच्च वर्गकै हितमा निर्णय, गर्ने धेरै छन !

मिलेर जुटि अगाडी बढ्नु, पर्छ है सचेतजन !
स्वाभिमान बेच्न पराई शरण, पर्ने धेरै छन !

गजल– २,
अनेकौं चुनौतिहरू, झेल्दै आयो जीवन !
संघर्षरुपि पहाडमा, खेल्दै आयो जीवन !

अभिभावकको आशाको दिप, बाल्ने कोशिशमा
वैरिहरूमाझ कहिले, पेल्दै आयो जीवन !

स्मरणिय छन् साथिसंगिका, आत्मिय मनहरू
आफन्तजनको व्यवहारमा, जेल्दै आयो जीवन !

अग्रजहरूको सुझावलाई, शिरोपर गरेर
विषमतामा नि सफलता, छेल्दै आयो जीवन !

विस्मरण गर्दै अतितका, नमिठा पलहरू
दृढ अठोटसाथ भविष्य, हेर्दै आयो जीवन !!

सृजना कोइराला
पोखरा लेखनाथ म.न. पा. ३०, कास्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.