गजल

Srijana, Koirala, Pokhara, सृजना कोइराला, pallawa, पल्लव

सृजना कोइराला

चुनावी उदयसँगै गठबन्धन, सँधै भए कस्तो हुन्थ्यो !
देश निर्माणमा समर्पित मन, सँधै भए कस्तो हुन्थ्यो !

सिमित स्वार्थमा निहित, हो कि जस्तो तालमेल पनि
सुमार्गमा लाग्ने राम्रोपन, सँधै भए कस्तो हुन्थ्यो !

आपसी खिचा–तानीमा सदैव, बित्ने भए दिनहरू
सदभावपूर्ण रूपमा गनगन, सँधै भए कस्तो हुन्थ्यो !

 

गरिब, दुःखी, पीडितलाई, आशमा राख्ने परिपाटी भो ।
घाउ माथिको मलमपट्टि जन, सँधै भए कस्तो हुन्थ्यो !

भनिन्छ, ‘भाई फुटे गँवार लुटे’, त्यसैले एक हुनुपर्छ ।
विश्व सामु उच्च शिर झनझन, सँधै भए कस्तो हुन्थ्यो !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.