मैया सुवेदीका केही मुक्तकहरूः

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव.

मैया सुवेदी

माया छेक्यो काँडेतारले, अचेल यस्तै छ
मुटु रेट्यो फुलको धारले,अचेल यस्तै छ।
तिमीबाट मैले पाए, उपहार दुख पीडा
जित्ने शिक्षा दिन्छ हारले, अचेल यस्तै छ ।।

तिहार यादहरुको लहर
तिहार यादहरुको रहर ।
भुल्नै नसकिने त्यो क्षण
तिहार यादहरुको सहर ।।

 

धेरै दिनमा आज फेरि ,आमालाई सम्झिएँ
मनको बह केरि केरि ,आमालाई सम्झिएँ ।
मनभरी तछाड मछाड, संझनाले घेरिदिदा
भावुक हुँदै तस्वीर हेरि,आमालाई सम्झिएँ ।।

मनमा बस्यो निशानी यो,नजर हो कि हतियार !
हुरीसगँ टुकी दिन्छन् ,अँध्यारोको उपहार ।
के देखिन्छ के भोगिन्छ,नियति र भाग्यसगै
क्या तमासा देखायो यार,जिन्दगीले बारम्बार !!

दुख पीडा सुनाउदा, कठैबरा भन्ने हुन् कि
हात थापी दया माग्दा, कर्महारा भन्ने हुन् कि !
मनै रै छ सबै कुरा, राम्रो सोच सधैं भरी
जिउनै गाह्रो मर्छु भन्दा,हुतिहारा भन्ने हुन् कि !!

वचन रोप्ने झिरसँग, के गुनासो गरुँ अब
दुख पीडा पिरसँग, के गुनासो गरुँ अब !
कहिले मरेर बाँचे,अहिले बाँचेर मर्दैछु,
भैगो यो तक्दिरसँग ,के गुनासो गरुँ अब !!

पोखरा, कास्की ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.