धनको भरी मनको चै खाली . . . . .

Spread the love
Chhiring, Sherpa, Abiral, छिरिङ शेर्पा अविरल, pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

आप्नो भन्ने सबै यहाँ जाली भए पछि ।
धनको भरी मनको चै खाली भए पछि ।

मनको पिडा ब्यथा एकाअर्कामा बाडन सके
कति सुन्दर हुन्थ्यो जीवन खुशी साटन सके
बाचुन्जेल सबै धनको मात्रै माली भए पछि ।
ठिक्क पार्नु किन मनको जाली भए पछि ।

 

आप्नैले आप्नैको कुरा मात्रै काटछन किन ?
पासो लगाउन आप्नैले डोरि बाटछन किन ?
खुशि कहाँ मिल्छ मनको खाली भए पछि ।
आप्नो भन्ने कहाँ हुन्छ सबै जाली भए पछि ?

आप्नो भन्ने सबै यहाँ जाली भए पछि ।
धनको भरी मनको चै खाली भए पछि ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *