सृजना कोइरालाका केही मुक्तकहरूः

Srijana, Koirala, Pokhara, सृजना कोइराला, pallawa, पल्लव

सृजना कोइराला

किन सर्छेउ पर तिमी, वरै सरे हुँदैन र ?
दिल खोलेरे मनका कुरा, गरे हुँदैन र ?
टाढा हुँदा भन्ने गर्थेउ, मेरै दिलको राजा ;
अब साइनो जोड्ने सुर, गरे हुँदैन र ?

हाम्रो माया युगौयुग, अजम्बरी बनिरहोस !
सरिताझै अटुट रुपमा, सधैभरी बगिरहोस !
वक्रदृष्टि लाग्ने छैन, निश्चल यो पिरतीमा ;
दुई मुटु एउटै बनी, यसैगरी धड्कीरहोस !

 

मखमली फूलझैं, फक्रिरहोस तिम्रो जीवन !
सदैव दीप बनि, चम्किरहोस तिम्रो जीवन !
जन्मदिनको लाखौँ लाख शुभकामना तिमीलाई;
निरन्तर प्रगतिपथमा, लम्किरहोस् तिम्रो जीवन !

भावनाको सम्वन्ध नि, केहिमा कम हुन्न हजुर !
रगतकै नातामा नि, कोहिको मन त छुन्न हजुर !
हाँसो, आँशु जीन्दगीका, तितामिठा पलहरूमा;
आत्मियता नभईकन, भित्री मन रुन्न हजुर !

चार अक्षरको ‘सदभाव’ ले, खुल्न सिकायो !
तीन अक्षरको ‘बधाई’ ले, फुल्न सिकायो !
अहो ! कस्तो अजिव शक्ति, निहित छ शब्दमा;
दुई अक्षरी ‘माया’ ले, सारा कष्ट भुल्न सिकायो !

जति व्यस्त भए पनि, सम्झिरने गर सानु
अन्त नजर लाउने छैन, मेंरै भर पर सानु
सपनीमा आइरहन्छेउ, किन होला यति धेरै;
देह दूर भए पनि, आत्मा समिप छ र सानु !

विवाहित हूँ म त हेर, नजर नलगाए हुन्छ ।
लुकिछिपि फेस्बुकमा, भेट्न नबोलाए हुन्छ ।
खै किन हो मेरै पछि, धाउने गर्छौ तिमी ;
अबदेखि सम्झनामा, धेरै नटोलाए हुन्छ ।

आदर्शका खोल ओढि, हिड्ने धेरै भए ।
चिल्ला कुरा गरिकन गिंड्ने धेरै भए ।
समाज अनि राष्ट्र विकास, गर्ने संवाहक ;
एकापसमा वैरभाव लिई, भिड्ने धेरै भए ।

सृजना कोइराला
पोखरा लेखनाथ म.न. पा. ३०, कास्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.