सुमन सनम घिमिरेका केही मुक्तकहरूः

Spread the love
Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

साहित्यको लहर चलायर गए
साहित्यमा जीवन लगायर गए
देबकोटाले मानविय जिबनमा
साहित्यको फल फलायर गए ।

लठै पार्ने तिम्रो त्यो बानिले हुनसक्छ
सुन्दर आँखाको यो नानिले हुनसक्छ
यो तिम्रो बोली किन बद्लियो
धनलाई मात्र अंगाल्ने काहानीले हुनसक्छ ।

 

सरेको बिरुवा लाई किन मारेर जान्छन
अनि फेरि किन माया सारेर जान्छन
पछि गयर तड्पाउन लाई याहा
गोहिको आँसु फेरि पनि झारेर जान्छन ।

मैले माया गर्दा तिम्रो चित्त दुख्छ भने
म मरेपछि मात्र हास्न तिमलाइ पुग्छ भने
हो म हासी हासी मर्न तयार छु सानू
मेरो प्रेमले गर्दा तिम्रो प्रेम लुक्छ भने ।

फुल नदेखउ मलाई पात नदेखउ
गरिखाय भनेर तिम्रो हात नदेखाउ
धेरै माया गरेको छु तिमिलाइ
छाड्नै पर्ने गरि औकात नदेखाउ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *