फर्की आउ परदेशी

Chhiring, Sherpa, Abiral, छिरिङ शेर्पा अविरल, pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

गाउँ बस्तीहरू पर्खिरहेछ्न फर्की आउ परदेशी ।
गाउँ बस्तीहरू चर्किरहेछ्न फर्की आउ परदेशी ।

भुकम्पले चर्किएका भित्ताहरु कहिले हो पोत्ने ?
चिरा चिरा चर्किएका गराहरु कहिले हो जोत्ने ?
पुर्खाको चिनारी आफै पोतौ फर्की आउ परदेशी ।
बारीको पाटा पनि आफै जोतौ फर्की आउ परदेशी ।

 

लाली गुराँस अझै फुल्छ्न रङ्गिचङ्गी बनै भरी
डाफे चरी अझै नाच्छन खुशी ल्याउन मनै भरी ।
गुराँस बनी हामी पनि फुलौ फर्की आउ परदेशी ।
तितो भुल्दै हामी खुशी भरौ फर्की आउ परदेशी ।

गाउँ बस्तीहरू पर्खिरहेछ्न फर्की आउ परदेशी ।
गाउँ बस्तीहरू चर्किरहेछ्न फर्की आउ परदेशी ।

Chhiring Sherpa Abiral

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.