गजल

Dinesh, Basnet, दिनेश बस्नेत, pallawa,, पल्लव

दिनेश बस्नेत

डुबेको छु तिम्रै यादमा तिमीलाई त के था’ छ र
तिमीलाई मात्र हेर्ने मन अरू त के नै चा’ छ र ?

यि जोडि नैन डुब्दैन कतै तिम्रै तस्बिरमा भुलैदै छ
तिम्रैस्वप्न र अगाँलोमा हुन्छु अन्त कहा गा’ छ र ?

सधै तिम्रै स्मृतिमा हराएर आफैलाई पाएको छैन
अश्रुपात हुन्छ जीवन अर्को के नै याद आ’ छ र ?

 

तिम्रै रूप र सचित्रको चाहना गर्ने भयो जीवन
सौन्दर्यको समीप पाउन मैले कहाँ धा’ छ र ?

तिमी मत्रै रै’छौ जिन्दगानी बिताउने मार्ग मेरो
मैले तिमीलार्इ नसम्झँदै कहाँ के नै खा’ छ र ? ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.