मिरा तिमिल्सिनाका केही मुक्तकहरूः

Mira, Meera, Timilsina,, मिरा तिमिल्सिना, pallawa, पल्लव

मिरा तिमिल्सिना

पपी, टमी, किङकङ, खैरे रमाउँदै होलान्
समाई तिनका घाँटी माला पैर्याउँदै होलान्
सम्झदै होलान् आज ईश्वर नै हौँ कि त हामी
भोलि एक गास कुर्नु बिर्सी रमाउँदै होलान।।

फर्म मै जानु पर्ने भो गाई पुज्न पनि अब
गाउँ पस्नु पर्ने भो महत्व बुझ्न पनि अब
आमा त फाल्न खोज्दै छन् यहाँ गाई कस्ले पाल्ने
अभियानै चाल्नु पर्ने भो सुज्न पनि अब।।

 

चोकै पिच्छे रोटे पिङ र लिङ्गेपिङ हाल्दथे
फुटेका झुपडी मिलाई माटोमुछी टाल्दथे
सिप कस्को राम्रो भन्थे रातो सेतो मिलाउने
वैगुन र ईर्ष्या राग यही पर्वमा फाल्दथे।।

छैन बारी गमलामा फुल्दैछ मखमली
भीर पाखा कन्दरामा झुल्दै छ मखमली
उर्जा भूमि ठूलामहलले भरिएपछि
बुनेर विदेशी माला डुल्दै छ मखमली।।

हेर्दै छु काँडालाई हुन् बार यी फूलका
लट्टे,गुराँस,गुलाफ हुन नेपाली मूलका ।
जोगाई पराईबाट अधिन आफ्नै पार्छ यो
कोमल्ताका प्रतीमूर्ति नारी सब कूलका ।।

धुवाँ धुलो ढाकिएको हाम्रो कान्तिपुर
सुन्दरता छोपिएको हाम्रो कान्तिपुर ।
जस्ले जसलाई मारौँ स्वतन्त्र छौँ त्यहाँ
मानवता दबिएको हाम्रो कान्तिपुर ।।

पवित्रता बोकी पखाल्छीन् पाप बागमती
प्रताडना बोकी पखाल्छीन पाप बागमती ।
कसको मनभित्र को पस्न सक्छ र यहाँ
दिलचाबी ठोकी पखाल्छीन् पाप बागमती ।।

चिन्न मलाई कठिन् भयो को सत्रु को मित्र
फुक्दै पाईला चाल्नु पर्यो आफ्नै देश भित्र ।
दाह्रा नङ्ग्रा गडेका छन् छेदविच्छेद छ देह
एट्लस पल्टाई भन्छन् सग्लै छ मानचित्र ।।

(धरा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.