‘एऊटा राष्ट्रसेबक’

Spread the love

Parashuram, Dhakal, Govin,जब
दिनले ड्युटी सकाऊंछ।
अनि
डेरामा आईपुग्छ एउटा राष्ट्रसेबक।
भलै ऊ चुं नबोलोस्
थकान र नैराश्यताको कोकोहोलो गर्छ
ऊसको अनुहार !
दासताको खिलापमा
किटिन्छन् ऊसका दांत।
कसिन्छन् मुड्कीहरु।
यद्यपी,
शायद ऊ बाध्य छ थिचिन,
अजङ्गको बिवशतारुपी चट्टानबाट !

 

ऊ सम्झिने हुदादेखिकै याद छ-
हरेक दशैंमा बा को हातको टिकासंगै,
सरकारी जागिरको आशिष पाऊंथ्यो।
बा को सतही अध्ययन थियो शायद,
राजु मास्टरको शहरमा ठडिएको महल!
गोरे सुबेदारकहाको अवकासपछीको चहल!
सुब्बे सांईलाले छोरालाई बिदेशमा डाक्टर पढाएको शान!
बा निर्दोष छन्, के थाहा?
भ्रष्ट्रै भ्रष्ट्रहरुको देशका
ईमान्दार राष्ट्रसेबकहरुको ब्यथा !

अचेल,
स्वर्णिम भबिष्यका सपना
झन दुर हुंदैछन्।
परिवारसंगका पलपलहरुमा,
झनै फैलिन्छन् मागहरुका महासागर!
झनै ऊचिन्छ तुलनाको सगरमाथा!
महंगीले चांदनीलाई स्पर्श गर्दै गर्दा
बर्षौंको पर्खाईपछी,
सरकार जब तलबको शेष बढाऊंछ।
तब आखा पाक्न शुरु गर्छन-
पत्रकार र अरुहरुका।
ऊसले बुझेको छैन-
दुनिया किन समदृष्टी लगाऊंछ-
भ्रष्ट र ईमान्दारहरुलाई ?
काम चोर र काम गर्नेहरुलाई ?
‘हाई प्रोफाईल’ र भूंईमान्छेहरुलाई ?

अचेल,
एऊटा राष्ट्रसेवकका हरेक रातहरुले,
तनाव र छटपटिको लामो प्रशबपिडा पश्चात
बिहानीहरु जन्माऊंछन्।
यद्यपी,
बिहानीहरु शुभ संकेत किञ्चित गर्दैनन्।
बरु अलाप्छन्,
पूर्वनिर्धारित दासत्वको राग।
हो,
जब रातले ड्युटी सकाऊंछ
तब सुचारु हुन्छ
यात्रा सिसिफसको !!!

– कालीगण्डकी- ०६, खड्गकोट, गुल्मी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *