शान्ति अधकारीका केही मुक्तकहरूः

Spread the love
Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

तिरस्कारको आगो भित्र जलाएर छाड्यौ ।
कुन स्वार्थले दिलको चित्र जलाएर छाड्यौ ।।
दिए माया गरे बिश्वास सबै चक्नाचुर पार्दै ।
जिन्दगीलाई किन मित्र जलाएर छाड्यौ ।।

कस्तो थियो तिम्रो बिगत भनी खोज्दिन।
जिन्दगीमा चोर पुलिस बनी खोज्दिन ।।
बिश्वासमा अब माया लगाउछौ भने ।
भुलिदिन्छु म आफैलाई पनि खोज्दिन ।।

 

दिन दहाडै गोली चल्छ राजधानीमा ।
निमुखाको आत्मा जल्छ राजधानीमा ।।
पाल्छौ गुण्डा तिनको पेट भर्न नसक्दा ।
आस्था झुक्दै बितृणा फल्छ राजधानीमा ।।

झगडा या मिलेर खाउ खाने तिम्रो कामनै हो ।
राम्रो कहिले गर्‍यौ र खै गर्ने छल छाम नै हो ।
जनता तिम्रा दास भए देश पेवा जस्तै भयो ।।
भने जस्तो नभएमा हुने चक्का जाम नै हो ।।

संस्कार बिनाको घर हुन्न भन्थ्यौ ।
सुमार्गमा हिड्दा डर हुन्न भन्थ्यौ ।।
सब थोक भुलाई दर्शन अंगाल्यो ।
मानवता भको शहर हुन्न भन्थ्यौ ।।

लाग्यो माया ऊनी टाढा हुन थाले पछि ।
निस्ठुरिनै रै छौ भनी रुन थाले पछि ।।
झर्किएर हिडे पनि फर्किएर आए ।
त्यो मायाले हृदयमा छुन थाले पछि ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *