गजल

Spread the love
Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

मखमली,गुरडौली फुल्यो होला तिहार आउँदा गाउँमा
रमाईलोको सीमा हुन्न झ्याउरे र सोरठी गाउँदा गाउँमा

सात धर्को टीका लगाई दिदी बहिनीले प्यार बाँड्छिन
गाढा सम्बन्ध मखमली,सयपत्री माला लाउँदा गाउँमा

दिदी बहिनी र दाजु भाई बिच गहिरो मायाँ रहिरहोस्
सधैँ देखियोस् जिन्दगी सुनौलो घाम छाउँदा गाउँमा

 

सुख र दु:ख हेर्न सकोस् शत्रुबाट बचाएर घेर्न सकोस्
आपसी मेलमिलाप बढाओस् दु:खमा धाउँदा गाउँमा

भातृत्व भावना अभाव नहोस् दाजु भाई दिदी बहिनी
दुखी हुन्न यो’गम’दिदी बहिनीको मायाँ पाउँदा गाउँमा

– गम बयम्बु मगर,
पाल्पा, तानसेन ।
लेखन: २३, असोज २०७४

Leave a Reply

Your email address will not be published. Required fields are marked *