सुमन सनम घिमिरेका केही

Spread the love
Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

डिम्पल होला भनेको घाउ परेछ
मलाई उल्लु बनाउने दाउ परेछ
छोरी होला भनेर गफ गरेको
लौन बास्तबमा उसको बाउ परेछ ।

खित्का छोडी हास्ने बानी मन्द बनायौ
सुन्दर त्यो सुगन्ध पनि गन्ध बनायौ
अरुले देख्छ्न लुकेर आउ भन्थेउ
लुकि छिपी आउने बाटो बन्द बनायौ ।

 

हेर न यी मान्छेहरु कसरी रमाउदै छन
चुम्बकले फलाम समाय जसरी समाउदै छन
प्रेमको नाममा मान्छे पनि पशुझै बीच सडकमा
प्रेमको घिन लाग्दो रास लिला जमाउदै छन ।

छउन्जेल उमेर प्यार बद्लीय
सारा सहर घुमेर यार बद्लिय
बद्लियउ आफै र भन्यौं प्रिय
हेर त मैले आज ज्ञान बद्लिय ।

पाइलैपिच्छे गोरेटोमा किन बार देखाउछ्न
हिड्दै जादा दुश्मनले अबतार देखाउछ्न
पुग्नुपर्ने काहा हो ठेगाना छैन आफ्नो
तर पनि मान्छे सदैब किन रफ्तार देखाउछ्न ।

दिलको ढोका फोडेर आउछु चोर नभन
फाटेको मन जोडेर आउछु चोर नभन
मध्यरातमा कतै जान खोज्दा पनि
पाइला उतै मोडेर आउछु चोर नभन ।

पहिले खुशी आउँछ अनि शोक आउँछ
हेर्नुस प्रेमी लाई प्रेमको भोक आउँछ
न हुनजेल कसैलाई वास्ता हुँदै याहा
जब सबै हुन्छ अनि मात्र याहा थोक आउँछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *