दुर्गाप्रसाद ग्वालटारेका केही मुक्तकहरूः

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

सासै जाला जस्तो हरे ! चर्को ठेलमठेलमा
बरू सहज हुन्थ्यो होला, पस्दाखेरि जेलमा
हवाइजा”जमा उड्नु पर्ने, देखिस् तिरिमिरी
बरू सहज हुन्छ होला, रक्सौलको रेलमा ।

सानो-ठुलो
ठूलो छ एक कणको पनि सानु अंश
ठूलो छ एक अणु सक्दछ पार्न ध्वंस ।
पृथ्वी समेत पनि केबल एक गुच्चा
ठाने त सानु जगतै पनि हो समुच्चा ।।

 

कतै समय हुन्छ सौम्य, कतै त्यै कर्कसा हुन्छ
कोही मात्तिन्छ पेयले, कतै गरिबी नै नसा हुन्छ
भन्नै सक्दैन हुँदाखाने, बुझ्नै सक्दैन हुनेखाने
थोरैलाई त हुन्छ दशैं, धेरैलाई यो दसा हुन्छ ।।

समय र सत्य
बाजै होस् चिम्लिए आँखा जालमा पर्छ निश्चय
स्यालका हुलमा घोरल् पसे त्यो मर्छ निश्चय ।
समय हुन्न है पेवा कसैको अधिनस्थ त्यो
महिषाशुर नै हेर्नोस् कसरी चट्ट काटियो !

हिजो जे भैरह्यो साँचो आज त्यो नहोला पनि
युग-सापेक्ष हो सत्य रवि या शशि अञ्जनि
कलीको युगमा सत्य रुन्छ क्वाँ-क्वाँ घरिघरि
गाँजाको बीचमा फुल्दा झार झैं हुन्छ बाबरी ।।

हली भै पाखुरी नार्दै समय जोत्नु पर्दछ
हाली विवेकको लिस्नो जिन्दगी पोत्नु पर्दछ
ईर्ष्या कमलको गर्दै हिलोमाथि त फक्रियो
जोतिए धापमा बेली सुक्ला अवश्यमेव त्यो ।।

कौसलटार, भक्तपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.