गजल

Spread the love
Ganga, Kiran, Olee, Oli, Shudarsan , गङ्गा किरण वली "सुदर्शन", pallawa, पल्लव

गङ्गा किरण वली “सुदर्शन”

घात गरेकै हो उस्ले प्रमाण बनेर आए
जातभात गरेकै हो उस्ले प्रमाण बनेर आए ।

उस्लाई पिरतिदिई मलाई अतितको पोको दिई
पक्षपात गरेकै हो उस्ले प्रमाण बनेर आए ।

आज उस्लाई चिन्दिन्न भनी बकपत्र गर्छे अरे
कैयन साथ गरेकै हो उस्ले प्रमाण बनेर आए ।

 

हुदयको ढोका फोरि सुटुक्कपसि तर्साउने
हरेक रात गरेकै हो उस्ले प्रमाण बनेर आए ।

दुनियाको नौटङ्कि प्रचार बाजी कुराहरू
आत्मसाथ गरेकै हो उस्ले प्रमाण बनेर आए ।।

गङ्गा किरण वली “सुदर्शन”
Shudarshan @ Ganga Kiran Oli
सुकिदह गा. पा. रोल्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *