गजल

Spread the love
Gaurav, Nabin, Nawin , गौरव नबिन, pallawa, पल्लव

गौरव नबिन

गल्ती गर्नेको अनुहार सधैं कालो हुन्छ
अहिले दुखी भए खुशी हुने पालो हुन्छ

राम्रो लत्ताको मात्रै सुरक्षा नगर्नु साथी
गरिबलाई फाटेको आवश्यक टालो हुन्छ

सधैं साली मात्रै भन्छौ ए ज्वाईं भनौदा
घरको इज्जत सम्हाल्ने सधैं सालो हुन्छ

 

थाहा पाएछु नेपालीको जनै भएजस्तै
भारती जनको लागि उस्तै बालो हुन्छ

कहिलेकाहीँ कडा रसिले काम गर्ला यहाँ
अरे ! माकुराको लागि आधार जालो हुन्छ

गौरव नवीन अर्घाखाँची मैदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *