तिला लेकालीका दश हाइकुहरूः

Spread the love
Tila, Lekali, तिला लेकाली, pallawa, पल्लव

तिला लेकाली

माघको जाडो
राज्यको उपहार
फाटेको भोटो

कलिला छोरी
घास दाउरा पढ्दै
देह ब्यापार

टलल्ल सुर्य
सधैं मध्य रात छ
झुपडीभित्र ।

 

चेतनाहीन
तिरस्कृत महिला
लङ्गडो देश

काचो फलाम
लोहारको पिटाइ
भब्य हथौड़ा

श्रीपेच ढाल्यौ
छोटे राजा जन्मिए
जस्ताको तस्तै

पृथ्वी घुमे पो
उदाउथ्यो नि सुर्य
हट्थ्यो खग्रास

कालो बादल
पिन्जडा भत्काएर
खुला आकाश

दुसित हावा
घर कि झ्यालखाना
भब्य महल

खप्तड क्षेत्र
प्राचीताको वास्ना
गाड्धन भूमि

तिला लेकाली बेलबारी,२ मोरङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *