सहर जस्तै भैदिनी ।

Spread the love
Ambika, Bhandari, Pokhara. अम्बिका भण्डारी, pallawa , पल्लव

अम्बिका भण्डारी

बाल कबिताः 
आज बिहान पध्यरो मेरो घरमा आए छ।
खाली गाग्री अंखोरा भोरी भोरी भएछ ।।

त्यसरी नै माईक्रो बस मेरो घरमा आए छ ।
हेर्दाखेरी कालै पिच सललल रहेछ।।

कति राम्रो हाटबजार मेरो घरमा आएछ ।
जेखोजेनी पाईनी सस्तो बजार रहेछ।।

 

खुशि भए बेसरी आमा बाबा भनेछु ।
बिऊँझिएर हेर्दा त बिस्तारामा रहेछु ।।

कहिले होला हाम्रो गाउँ सहर जस्तै भैदिनी ।
बाटो पानी हाटबजार सबै गाउँमा आईदिनी ।।

अम्बिका भण्डारी ढिकुरपोखरी ४

Leave a Reply

Your email address will not be published. Required fields are marked *