बहरबद्ध ”गजल”

Spread the love
Prakash, Pathak, Yogee, Yogi, ‎प्रकास पाठक योगी‎ , pallawa, पल्लव

‎प्रकास पाठक योगी‎

हरायौ कहाँ लौ म खोजौँ कता खै
बिरानो छ ठाउँ म सोधौँ कता खै !!

छहारी कहाँ हुन्छ सानो बुटोमा
छ गर्मी असाध्यै म बोलौँ कता खै !!

गयौ लौ कता खोज्छु एक्लै घुमेर
पठाऊँ भने पत्र कोरौँ कता खै !!

 

गयौ दूर मलाई . सताएर जै’ले
कहाँ साइनो हेर जोडौँ कता खै !!

विदेशी भएको कयौं बर्ष बित्यो
दुखीको कथा त्यो म कोरौँ कता खै ?

छन्द: भुजङ्गप्रयात, बहरे मुतकारिव मुसम्मन् सालिम ।
सूत्र : ISS, फऊलुन् × ४
प्रकाश पाठक “योगी”
भरतपुर– २३, जगतपुर
हाल :- चेन्नई भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *