माया रार्इका केही मुक्तकहरूः

Spread the love
Maya, Raee, Rai, माया रार्इ, pallawa, पल्लव

माया रार्इ

रङ्गीन पलहरु सम्झानामा आयो ।
फेरि पाईलाहरु तिनै गोरेटोमा धायो।
ती स्वर्णिम दिनहरुमा झैँ रमाउनलाई,
कैद तस्बिरहरु हेर्दै आँसुहरू आँखाभरी छायो ।

सधैभरी साथीलाई चिन्न सक्नु पर्छ।
निरन्तर दुवै मन मिल्न सक्नुपर्छ ।
एकतर्फी सम्भव हुन्न रहेछ, मित्र
टुक्एला सधै मन जित्न सक्नु पर्छ ।

 

जिन्दगीका पन्नाहरु पल्टाएर हेर्न पाए ।
दुख पिडा कति रैछन ती सबै केर्न पाए
सधै भरी जिन्दागानी नयाँ लाग्ने थियो,होला
बर्सै पिच्छे भित्तेपात्रो फेरिएझै फेर्न पाए ।

सँगै हुदा खुसी खोज्नु पर्दैन
साथ नि अर्कैको रोज्नु पर्दैन
रिसाएनि मुस्कुराउदै बोल्ने,
अरु सँग माया जोख्नु पर्दैन ।

खै कसरी जनाएछु, तिमीलाई आफ्नै मित्र
सधैभरी सजाएछु, तिमीलाई दिल भित्र
तिम्रो अह्मता देखि, मत गल्न थालिसकेछु
तर फेरि बनाएछु, तिमीलाई पनि चित्र ।

समयले कहिल्यै, पर्खिदैन थाहा हुदाहुदै
बादल बिना पानी दर्कीदैन,थाहा हुदा हुदै
आजभोली नि पर्खिरहेछु, उसैलाई नै,
फेरि गयो,कहिल्यै फर्किदैन,थाहा हुदाहुदै ।

आमा तिम्रो घात गरे भने
अरुक‌ साथ मा गए भने
आशिर्वाद लिन आउला है !
कसैका बुहारी भए भने ।

मन बाट अन्त सार्न सकिन।
बिर्ष भन्छौ,माया मार्न सकिन
ती कैद भएका तस्बिरहरू,
दुई आँखाबाट झार्न सकिन ।

तस्बिरहरु खिचाउ कसोरी
एक्लै त दिन बिताउ कसोरी
मेरो हुने सम्भावना कम छ।
अाफ्नै भनेर चिनाउ कसोरी ।

माया प्रेम को के कुरा गर्छौ ।
बुढेसकाल को के भुरा बन्छौ ।
हुनत वंशाणु गुणै हो, रे।
गोपनिएता के पूरा भन्छौ।

विवश भई रुन कर लाग्यो।
पराई पाउ छुन,कर लाग्यो।
तिमी सँगसँगै बाच्छु सोचेथे,
आज अर्कैकोहुन कर लाग्यो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *