गजल

Sawrose, Timsina, Amurta, सरोज तिम्सिना "अमुर्त", pallawa, पल्लव

सरोज तिम्सिना “अमुर्त”

शब्दलाई एउटै सुत्रमा बाध्ने ताल हो गजल
हेर्दा सरल भित्र छिर्दा कठिन जाल हो गजल ।

फेरिन्न मुहार मुलुकको हतियार मात्र उठाई
यो समाज परिवर्तनको नौलो चाल हो गजल ।

बिकृती,अशान्ती,भ्रष्टचारहरु फैलदा देशमा
कलम द्वारा कारण खोज्ने सवाल हो गजल ।

 

राहत खाई सरकार तमासा हेरि बस्ताखेरी
जनताको मन बिसाउने यो त्रिपाल हो गजल ।

शब्दको चित्र हेरि संसार नियाल्न सकिने
अरे पाठकको लागि आँकीझ्याल हो गजल ।।

सरोज तिम्सिना “अमुर्त”
ठेगाना-रोङ- २ ईलाम

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *