रश्मि गुरूङका जोर कविता

 

Rashmi, Gurung, रश्मि गुरूङ, pallawa, पल्लव

रश्मि गुरूङ

कविता– १, ‘ठेस लाग्यो’
त्यो कच्ची बाटोमा
म हिड्दै थिएँ
अनि मेरो पाउमा
ठेस लाग्यो ।।
आत्तिएका यी मेरा
ठुला ठुला नयनहरू
पाउमा हेर्छु त
केही छैन ,
ढुक्क हुँदै
यी मेरा मनहरू
तेही पाउलाई
चाल्न आग्रह गर्छ
अनि चल्छ मेरो पाईला
बिस्तारै गन्तव्य तिर ।।

 

नानि…….
मेरो कानमा सुनिन्छ
मेरा यी चलाख नयनहरू
यताउती चल्न थाल्छन् ,
अनि
च्याउरी परेको
ती गालाहरू,
अनि
साना साना
नयनहरू,
जहाँबाट मसिना मसिना
आँसुका धाराहरू
निस्किदै थिए,
अनि
थर् थर् थर्
कापिरहेका ती हातहरू,

थकान मेट्न बसेको त्यो
एउटा बटुवा झैँ
थुचुक्क बस्दै गरेको,
अचानक यी मेरा नजरहरू
तेही बाटोको कुना
जहाँ वरिपरि
फोहोरहरू पनि फालिएका छन् ,
हो तेहि कुनामा
पुग्छन् यी मेरा नजरहरू,
अनि यी मेरा
सुख्खा — सुख्खा
परेका परेलिहरू,
खै कसरी एक्कासि
चिसो चिसो हुन पुग्यो..??

हो तेही ठेस
जस्ले गर्दा म रोकिए,
अनि बस्दै गरेको
त्यो बुढो बाबुमा
मेरो नजर पुग्यो।।।

अनि……..
हत्तारिदै यी मेरा हातहरू
ती च्याउरी परेका
गालाहरूमा सुम्सुम्याउन पुगे,
हो अनि यो मेरो मन
गहरूङ्गो भारि बोके झै भयो ,
अनि सराप्न पुगे कि
ती दुष्ट सन्तानहरूलाई,
हो,
जस्ले उभिन सिकायो
आज उसैको खुट्टा भाँचिदियो,
कुन राक्षसहरू हुन् ती…??
जस्ले यो संसार देखाई दियो
आज उसैको आँखामा आँसु..??
हो तिनीहरू नालायक छन्
जो आफ्नै बाबुलाई
फोहोरसङ्गै दाज्ने बनायो ,
हो ती सन्तानहरूको दिमागमा
बिचारहरूले होईनन् ,
पशुहरूको गोबरले भरिएको छ ।।

हो तेही ठेसले गर्दा
मेरो आँखा रुझ्न पुग्यो ,
अनि अँगाल्न पुगे म
त्यो बुढो बुबालाई ।।

हो तेहि ठेसले गर्दा
मेरो मन भारि भयो आज ।।

कविता– २, दशैँ र तिहार
आउछौ तिमी हरेक वर्ष
प्रतेकको घर घरमा ।।
निधारमा टीका अनि
कानमा जमरा बोकि ।
तर ,
छाउँदैन खुसि
मेरो यो मनमा ।
मेरो लागि तिमी
हाँसो होइन
आँसु हो ।
न त खल्तीमा
केही छ ।
न त खानको लागि
मिठो खाना ।
गराउँछौ मलाई
निरास तिमीले ।
गराउँछौ मलाई
भाई भाईको अभाब तिमीले ।
आउँछौ तिमी किन
मेरो घर आगनीमा ।।
घुमाउरो पिङको जस्तै
मेरो आवश्यकतालाई
झनै बढाउँछौ तिमी किन ।
निधारमा रातो सेतो
टीका लगाउछन् छिमेकी ।
तर ,
मेरो निधार बनाउँछौ
निन्याउरो तिमी किन ।
मलाई बनाउँछौ
चिन्तित तिमी किन ।।

रश्मि गुरूङ
Rashmi Gurung

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *