गजल

Spread the love
Manoj, Kumar, Bhattarai, मनोजकुमार भट्टरार्इ, pallawa, पल्लव

मनोजकुमार भट्टरार्इ

एकै नजरले मायामा पर्या देखेकोछु
प्रेममा पागल भएर मर्या देखेकोछु ।

खै कसले सच्चा माया बुझ्छ होला र
फेरि अर्कोलाइ माया गर्या देखेकोछु ।

सारै सस्तो रैछ यो सन्सारमा माया
खै के नपुगेर भिरबाट झर्या देखेकोछु ।

 

सबैजना नराम्रा त हुदो रहेनछ यहाँ
कसैले मायाको नदि नै तर्या देखेकोछु ।

एकै नजरले मायामा पर्या देखेकोछु
प्रेममा पागल भएर मर्या देखेकोछु ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *