सन्तोष सरोबरको जोर गजल

Santosh, Sarowar, Sarobar, सन्तोष सरोबरको जोर गजल, pallawa, पल्लव

सन्तोष सरोबर

गजल– १,
कोहि मेरो मनमा आयो थोरै समय !!
र त मेरो माया पायो थोरै समय !!

आफन्त सबै मेरा दुश्मन भएपछी !!
मनले मनलाई सम्झायो थोरै समय !!

उसलाई मेरो जिबन मा आउनु रहेछ !!
फेरि आज काग करायो थोरै समय !!

 

यो देशको प्रधानमन्त्री बन्छ भनेर !!
अरे बाउले छोरा पढायो थोरै समय !!

यस्तो सोच्ने रहेछन मेरो लागी पनि !!
मेरो माया मन मा पलायो थोरै समय !!

गजल– २,
कोदो यसरी फल्दै फल्दैन धान बाट !!
मैले सिकेको हु पुरानो उखान बाट !!

तिमी आकाश बाट तारा निकाल्छौ रे !!
माटो निकाल्न सक्छौ र चट्टान बाट !!

बा आमाको सपना पुरा गर्न गएको !!
लास बनेर फर्कियो छोरो मुग्लान बाट !!

तिमि पो यसरी तर्किएर हिड्छौ यार !!
दुनियाँ फिदा हुन्छ मेरो मुस्कान बाट !!

अरे तिमीले मलाइ अपनाउदा सम्म !!
लास उठेर हिड्न सक्छ चिहान बाट !!

सन्तोष सरोबर
पायल, अछाम
हालः खाडी बाट

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *