अम्बिका कार्की अमुका जोर गजल

Spread the love
Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

बहरबद्ध गजल– १,
मनैमा बसेरै बनायौ दिवाना ।
गुलावी फुलैमा जमायौ दिवाना ।

नबुझ्दै जवानी खुशीले सिँगार्न
नजान्दै झुमेरै जनायौ दिवाना ।

सुहाना प्रेमीको पुराना भएका
भरोसा मानेरै कमायौ दिवाना ।

 

बढेको जवानी बनाएर पानी
त्यही संस्कृतीमा थमायौ दिवाना ।

सिँदूरे रसीमा फसाएर माया
भिजाएर छाती रमायौ दिवाना ।।

छन्दः भुजङ्गप्रयात, बहरे मुतकारिब मुसम्मन सालिम
सुत्र: फुऊलुन्, ISS × ४,

बहरबद्ध गजल– २,
बनायौ जात यो कस्तो,
समायौ हात यो कस्तो ?

लजाई मात्र हेर्दैछौ
लगायौ मात यो कस्तो ?

जगायौ आज निन्द्रामा
अनौठो रात यो कस्तो ?

जमाना हो, भरोसाको,
भयो खै घात यो कस्तो ?

रमेरै साथ काटौंला
दिवाना बात यो कस्तो ?

छन्दः विजात, बहरे हजज मुरब्बा सालिम
सुत्र: मफाइलुन् ISSS × २
अम्बिका कार्की अमु
सर्लाही बाग्मती नपा
हाल चितवन भरतपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *