घाउमा परे नुनले पनि रुवाउछ सानू
बैगुनिलार्इ गुनले पनि रुवाउछ सानू
स्वोर्थ परे मेरै आफ्नो नत्र कोही न कोही
आखिर आफ्नै खुनले पनि रुवाउछ सानू ।
दुख पीडा सुनाउदा ,कठैबरा भन्ने हुन् कि !
हात थापी दया माग्दा ,कर्महारा भने हुन् कि!!
मनै रै छ सबै कुरा ,राम्रो सोच सधैं भरी
जिउनै गाह्रो मर्छु भन्दा,हुतिहारा भन्ने हुन् कि!!
सम्झना आज फेरि ,टुटेर रुन बाँध्य भए।
समयले भाग्य मेरो, लुटेर रुन बाँध्य भए।
राम्रो सोच्थे सबैलाई ,नियतिले के के गर्यो !
सपना सबै सिसासरी, फुटेर रुन बाँध्य भए।
वचन रोप्ने झिरसँग, के गुनासो गरुँ अब !
दुख पीडा पिरसँग, के गुनासो गरुँ अब !
कहिले मरेर बाँचे,अहिले बाँचेर मर्दैछु,
भैगो यो तक्दिरसँग ,के गुनासो गरुँ अब!
घाउमा परे नुनले पनि रुवाउछ सानू
बैगुनिलाई गुनले पनि रुवाउछ सानू
स्वार्थ परे मेरै आफ्नो नत्र कोही न कोही
आखिर आफ्नै खुनले पनि रुवाउछ सानू ।
साच्चै नदिसँग किनार भएन अब के हुन्छ कुन्नि ?
नङ र मासुको सम्बन्ध रएन अब के हुन्छ कुन्नि ?
तिमी आफै भन न पत्थरका सुन्दर मुर्तिहरु हो
तिम्रो दर्शनमा कोहि आएन अब के हुन्छ कुन्नि ?
Maiya Subedi
पोखरा, कास्की ।