हिमाल ओली`पृथक मान्छे´का केही मुक्तकहरूः

Himal, Oli, Prithakmanchhe, हिमाल ओली `पृथक मान्छे´, pallawa, पल्लव

हिमाल ओली `पृथक मान्छे´

दिनदहाडै चलेको गोलीको आवाज सुनिएन
यस्ता अपराधी अल्झाउने जाल किन बुनिएन
यसमा पक्कै त्यो कानुन नलाग्नेकै हात होला
हैन भने आतंककारी जेलमा किन थुनिएन।

हिजो खुकुरी थियो आज तरबार बिक्रीमा छ
पू्र्खाको चिनो नेताको पेवा दरबार बिक्रीमा छ
कता छौ बिदेशी दलाल आउ खरिद गरेर जाउ
मेरो देशको बेकामे नेपाल सरकार बिक्रीमा छ।

 

अचम्म!कतै ज्यादा कतै कम खाने गर्छ मान्छे
पाए सम्म सित्तैमा हरदम खाने गर्छ मान्छे
हल्ला त थियो बजारमा यो दुनियाँ स्वार्थी छ
आफ्नै स्वार्थ पूरा गर्न कसम खाने गर्छ मान्छे।

कति दुबईमा छन कति कतारमा छन
बाकी सबै राहदानी किन्न बजारमा छन
नाडीको खुन बेचेर पैसा किन्छु खाडीमा
हो बेरोजगारी संख्या यहाँ हजारमा छन।

एकान दोकान मैदान किन गरिन्न
मेरो यो कुरामा ध्यान किन गरिन्न
भगवान मर्दैछन भोकै बसेर यहाँ
यी डाक्टरको सम्मान किन गरिन्न।

हिमाल ओली`पृथक मान्छे´
बाँसगढी– १, बर्दिया ।

2 thoughts on “हिमाल ओली`पृथक मान्छे´का केही मुक्तकहरूः


Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *