प्रतिभादेवी न्याैपानेका केही मुक्तकीय टुक्राहरूः

Spread the love
Prativa, Devi, Neupane, प्रतिभादेवी न्याैपाने, pallawa, पल्लव

प्रतिभादेवी न्याैपाने

मेरा साध ढले गले ह्रदयका मेटिन्न कालोभयो
लाग्दै गो मन भित्र दाग भरियो साचो सिमाना गयो
के के भो जुलुमै भयो गनिरहे संसार सम्मै भयो
केलाएँ कुन अर्थबाट थपिए तिम्ले नहेर्दा भयो ।

एमाले सग साठ गाठ गरियो भन्थे प्रचन्ड अरे
अर्को हर्कत सुन्न देख्न नपरोस् भन्दै छु मैले भरे
उन्कै मा कति भाग पुग्न नसकी फाटीरहन्छन् कति
के को फेरि म मिल्छु खान्छु भनियो बिग्रे छ ति म्रो मति ।

 

यो मेरो तर हैन शब्द भरिए मैले सुनेको कुरा
बिर्सेको अझ छैनदुख्ख कति भो शास्ती पुराकापुरा
आगोमा कति होमिए बिगतमा स्वार्थी छ नेता पुरा
बेपत्ता टुहुरा तमाम बिधवा को मान्छ तिम्रा कुरा ।

तिम्रो प्यार बिना छ डम्म किन खै खल्लो छ खाए जति
सुस्तै सुस्त छ वेग छैन प्रभु हे देऊ मलाई गति
धर्तीमा अति डाह झेल बढि गो जाली लुटाहा बढे
सोझा सज्जन मासिएर दिनहूँ काला उकाली चढे ॥

अल्झो लाग्छ म हिड्न कुद्न जहिल्यै साडी लगाए पछि
साडीबाट लडिन्छहुन्न सजिलो दोडे त अर्कै गति
हाम्रो भेष रहेछ हिड्न बसमा ,गाडी सवारी भए
घन्टा डेढ म कुद्न स्कुल परे गाह्रो छ भन्ने भए ।

लामो जीवन सिद्दियो रहरमा खोज्दै भविस्य पर
भन्दै गर्छ सताइ जीवन यहाँ बाच्ने भए मा मर
यो आकाश खुला उ षा पवनमा भेटिन्न जादा तर
थाक्दै गो मनभित्र अल्झन बढे भाग्यो भबिस्य पर !!

मेरो काम बनेन भेट्न नसके आफ्नो भबिस्य कुनै
खोस्यो या कसले लुट्यो कुरिबसें कुर्दै छु मै दिन्दिनै
गिज्याएर सताउने समयले खोजेर हिड्दा पर
जे जे खोज्छु अलख्य चन्चल शिरी पाइन्न आफ्नै घर ।।

धेरै ग्रीष्म वसन्त के शिशिर न‌ै दौडेर भागे पनि
मेरो भाग फटाइ आज रसको खोज्दैछु दौडी म नि
नाता चल्छ कतै बिचार अरुको धन्दा भयो यो तर
दुख्खीका अझ रोगभार तनले पर्दैन बाच्नै मर !!

माया छैन भने सग‌ै हिड तिमी या मोड गल्लीहरु
हावाले पनि फाल्छ भित्र दिलको हल्ली र खल्लीहरु
गन्धै गन्ध फिजार्छ डुंग पसिना त्यै तूषमा झर्छ हो
सौता मा पतिदेव ,मित्र अरु क्वै संबन्ध के अर्थ भो ।।

भन्छन बान्धव मित्र अन्य गतिला छोरा र छोरीहरु
भन्नेको मन रुन्छ पल्पल यहाँ छोटो बढेमा अरु
बृद्दा आश्रम जान हुन्छ सजिलो च्यातिन्छ छाती मन
कैल्यै सुख्ख हुदैन दुख्दछ भने संबन्ध के अर्थ भो !!

Prativa Devi Neupane ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *