“हार्दिक श्रद्धाञ्जली”

Spread the love
Suman, Pande, सुमन पाण्डे, pallawa, पल्लव

सुमन पाण्डे

जलाकोछु आफ्नै हातले
आँखा भरका सपनालार्इ
घाट पुर्याइ आफ्नै काधँमा
रहरहरुको चिता बनार्इ ।

बिहेको पहिलो रातमै दाइजोको निहुँमा
जिउँदै जलेका बेहुलि जस्तै
आँखामा सजिन नपाउँदै
जिउँदै जलेका मेरा सपनाहरूलार्इ
हार्दिक श्रद्धाञ्जली ।

 

पुरेको छु आफ्नै हातले
मन भरका इच्छाहरुलाइ
खाडल खनिदिलको माझमा
विश्वासको माटो चढाई ।

क्रान्तिमा लागेको केहि पलमा देशद्रोहको निहुँमा
जिउँदै पुरिएका शहिदहरु जस्तै
पुरा हुन नपाउँदै
शहिद भएका मेरा इच्छाहरुलार्इ
हार्दिक श्रद्धाञ्जली।

तुहाएको छु मनभित्रै
उर्लिएका भावनाहरूलार्इ
पिडाहरुको चर्को रापमा
आँशुको झिर ततार्इ

जन्मन नपाउँदै गर्भमै तुहाइएका
निर्दोष शिशुहरूजस्तै
पोखिन नपाउँदे
मनभित्रै तुहाइएका मेरा भावनाहरूलार्इ
हार्दिक श्रद्धाञ्जली।

Leave a Reply

Your email address will not be published. Required fields are marked *