एउटा छोड्दै अर्को रोज्दै, गरेकी छ अरे ।
उ बाचेर नि दुनियाँ सामु, मरेकी छ अरे ।
चोकचोकमा गल्लीगल्लीमा कुरा छ उसकै ।
सारा दुनियाँकि उ एउटै, भएकी छ अरे ।।
सबको प्यास मेटाउने पानी बनेर होला ।
बजार माग अनुसार पुर्ती गरेकी छ अरे ।।
मेरो साथीले सोधेछ म नि आउछु है भनि ।
जवाफ दिइ उसलाइ पर सरेकी छु अरे ।।
केगर्ने साथि जेदेख्यो त्यही लेख्न मन लाग्छ ।
यो गजल पढेर ठाउँको ठाउँ झरेकी छ अरे ।।
हिमाल भट्ट अटल
धनगढी, कैलाली
