सपनाको खोजी सङ्गै

Chhiring, Sherpa, Abiral, छिरिङ शेर्पा अविरल, pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

शहर माथी मडरिएका
तुवाँलो भित्र पनि कतै
सपनाहरू लुकिए झै लाग्छ ।
खोज्दै ती सपनाहरू
बितेका छन समय
पल पल सङ्गै
घण्टा घरको घडीको सुई घुमिरहे सङ्गै
साझ बिहानको
हरेक आवश्यकताहरुमा
पोखिन्छ पिडाहरु
यसै भित्र समाहित छन –

 


फुटपथमा भोकै सुत्नेहरुको चीत्कार
भरियाहरुको नाम्लो सङ्गको आघात प्रेम
युवाहरुका सपनाका लाईनहरु
कैयौंका खुशीका मुस्कानहरु
अनि कैयौ बिलौनाका आसुहरु
छ्न कति गाडीका स्टेरिङ घुमाईरहेका
ब्यस्त जिन्दगीहरु ।
यसैको व्यंग्य चित्र हेरिरहेको हुन्छ सधै
ब्यस्त मनहरु सङ्गै
ब्यस्त शहर ।
समय घुमाउरो छ
र पनि
कोही घटाइएको मन पराउदैन
बढिरहनु पर्छ सधै
कोहि भएको गुमाएको मन पराउदैन
रहिरहनु पर्छ सधै
तर समय पल सङ्गै
घटाउछ समयले
गुमाउछ समयले
अफसोच
शहर हेरिरहन्छ
कति भत्किएका सपनाहरू ।
भुकम्पको कम्पन सङ्गै
भत्किएका मनहरु
बिछोडका पलहरुमा रुएका चित्कारहरु
हामी भुल्न बिबश छौ ।
हो थाहा छ हामीलाई
समय चक्र सङ्गै बिलाउनु छ आफै पनि…..!
एक दिन
एक पल भएर………!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.