बहरबद्ध गजल

Spread the love
Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

कहाँसम्म लुक्ला त ऊ जिन्दगीमा ।
कसो पो नचुक्ला त ऊ जिन्दगीमा ।।

लगाएर नाता भयो दूर दूर ।
स्वयं के नसुक्ला त ऊ जिन्दगीमा ।।

छ सत्ता नियाल्दै अभागी निधार ।
कठै के नढुक्ला त ऊ जिन्दगीमा ।।

 

स्वयं नै कदाचित् अतालिन्छ मान्छे ।
बिनासित्ति झुक्ला त ऊ जिन्दगीमा ।।

कमाएर के भो जमाएर के भो ।
यसै रीत भुक्ला त ऊ जिन्दगीमा ।।

स्वयंकै चितामा लगाएर आगो ।
अहो के नफुक्ला त ऊ जिन्दगीमा ।।

अनायास तेरो र मेरो भनिन्छ ।
र निर्धक्क थुक्ला त ऊ जिन्दगीमा ।।

छन्द-भुजङ्गप्रयात,,
तारानाथ भण्डारी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *