गौरव नवीन का केही मुक्तकहरूः

Gaurav, Nawin , गौरव नबिन, pallawa, पल्लव

गौरव नबिन

कैयौं बस्ती डुबानमा छन् ती पीडितलाई कस्ले हेर्छ //
डुबानमा परि सँगै मरेका ती घृणितलाई कस्ले हेर्छ //
हो गरिबिपन भएपछि घृणा सरकार बाट नै हुन्छ //
अरे!समाचारको माध्यम ती चर्चितलाई कस्ले हेर्छ //

दिनहुँ सपनीमा आउँन्छौ कतै दोधारमा त छैनौं
तितो सत्य बात लाउँन्छौ कतै दोधारमा त छैनौं
मीठा बातहरू सँगै ती अनगिन्ती यादहरू पठाएर
दिलको कुनाकुना छाउँन्छौ कतै दोधारमा त छैनौं

 

आमा खाना लिऊँ भन्न जस्तो सजिलो छैन यो परदेशमा
मामसँगै अझ घिउ भन्न जस्तो सजिलो छैन यो परदेशमा
मीठोमीठो खान अनि न्यानो साथ सबै हराएर गयो यहाँ
कुसल होला जीउ भन्न जस्तो सजिलो छैन यो परदेशमा

मायाको कुनै सिमित परिभाषा रहेनछ
दु:खसुख बिना चर्चित परिभाषा रहेनछ
म त मायामा अन्धो भाको छु अचेल हजुर
साचो मायाको यहाँ हित परिभाषा रहेनछ

यहाँ साथीले चलखेल गर्छन् हजुर
पैसा छन् जति पछि पर्छन् हजुर
कसैलाई नि आफ्नो नठान्दा हुन्छ
सहयोग माग्दा टाढा सर्छन् हजुर ।।

गौरव नवीन अर्घाखाँची मैदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.