“उ मेरो साथी”

Ram, Jetho, Ram रामकृष्ण भट्ट, , राम जेठो राम, pallawa, पल्लव

रामकृष्ण भट्ट


आज, म भन्दा फरक सैलीमा
लाग्छ कतै युद्ध जिते जस्तै
हरेक हाउ भाउ अचम्मको भिन्दै,
यसो नियालि हेरे
संगै खेलेको मेरो साथी !!
समयको गती
शहर तिर हानिंएको निकै भएछ
म गाँउमा कुटो कोदालो मै छु
मेरा कपडा मैला छन
नहोस पनि कसरी?

वस्तु भाउ स्याहर्नु , हल्का फोहोरि,
छेउमा आर्इ नाक थुनी,के छ यार !!

 


उ मेरो साथी!!
तँ ता परिवर्तन भइस
राम्रो जागीर छ होला है?
अँ के काम गर्छस नी!
छोड यार शहर भनेको शहर हो
के छैन त्यहाँ ,
मोज, मस्ति के मात्र हुँन्न र?
तेरो र मेरो जीवनचार्य कती फरक?
बातै बातमा अर्को संसारमा डुवेछु
अोइ ,झसङ्ग
कता डुवको हो यार भन्छ
उ मेरो साथी!!
एक छिन कुरा गर्यो
यो,उ सवै धाक जमायो
दशैं यस पालि रामाइलो गर्नु पर्छ है
हुन्छ भनि मुन्टो हल्लाइ दिएं
अनि छेउमै बसि मिठो स्वरमा
यार !
दुइ पाँच सय दे त …
खर्च छैन
उ मेरो साथी ।।

राम कृष्ण भट्ट
नुवाकोट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.