गजल

Spread the love
Anjan, Kshetri, Prem, अन्जान क्षेत्री ‘प्रेम’, pallawa, पल्लव

अन्जान क्षेत्री ‘प्रेम’

जीवनको फरक कहानीमा छु अचेल !
म बचपना बिर्सेर जवानीमा छु अचेल !!

म त खुसी उधारो दिने कारोबार गर्छु !
फिर्ता न हुँदा नोक्सानीमा छु अचेल !!

आफैले बनाएको घर आफैले जलार्इ !
नसोध हालचाल खरानीमा छु अचेल !!

 

बेरोजगार छु रोजगारको परिप्रेक्ष्यमा !
सोहुको ऋणले राहदानीमा छु अचेल !!

मरेको छैन जसोतसो बोच्ने जमर्कोले !
तिम्रो यादको जिन्दगानीमा छु अचेल !!

अन्जान क्षेत्री “प्रेम”
पन्चपुरी नगरपोलिको– ११,
सुर्खेत

One thought on “गजल


Leave a Reply

Your email address will not be published. Required fields are marked *