सुमन सनम घिमिरेका केही मुक्तकहरूः

Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

कोहि दूध बेच्ने थिए त कोहि पानी बेच्दै थिए
नेता बनेर कोही देशको राजधानी बेच्दै थिए ।
काम गरेर जीवन धान्ने गुजारा नचल्दा यहाँ
गुजारा कै लागि कोहि आफ्नै जवानी बेच्दै थिए ।।

दिन हुन्छ भने पक्कै रात पनि त हुन्छ
माया गर्ने त्यस्तै मीठो बात पनि त हुन्छ ।
तपाईंहरु खाली मायाको कुरा गर्नु हुन्छनि
माया हुन्छ भने पक्कै घात पनि त हुन्छ ।।

 

कोहि डाक्टर थिए त कोहि धामी थिए
सोचेको भन्दा बिल्कुल सबै दामी थिए ।
सोझो सम्झी दिल्लमा राखेको थिए
दिल चोर्ने जति हेर्नुस् सबै हरामी थिए ।।

आँखा बेचेर अनि नानी बेचेर
गुजारा कै लागि पानी बेचेर ।
रित्तो खल्ती अचेल यहि भन्छ
कति आउँछ पैसा जवानी बेचेर ।।

हुनेखाने भेटेउ र मलाई बिर्सेउ
या त पैताला हरूका चलार्इ बिर्सेउ
मैले तिमीलार्इ भुलेको हुदै हैन
तिम्रै दृष्टीले पो त गलाई बिर्सेउ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.