निर्दयी पानी

Sadikdhya, Wagle,सदिक्षा वाग्ले, pallawa, पल्लव

सदिक्षा वाग्ले

बाल कविता
कोही भन्छन यसलाई नै मोतिका दाना
कोही भन्छन यसलाई नै जिवनदाता
यहिबाट चल्छ हाम्रो दैनिकी सदा तर आज निर्दयि बनि
बगाई लग्यो अकिन्चन किशानलाई सदाका लागी कठै बरा !!

के दोष थियो ति बिचरा तराईबासिका
पार्यो उनिहरुको सपनालाई चकनाचुर एकै क्षणमा
कती खुशी थिए होलान बर्षयाम आयो भन्ठानि
उनिहरुलाई के थाहा त्यही पानी बनिदिन्छ एकदिन निरदयी !!

 

अन्नको भण्डार भनिने गरिन्छ प्यारो तराईलाई
बसेका छन विवशताले तराईबासी एक अर्कासङ्ग रोईकराई
तल्लिन छन देशविदेश घुम्न र महङ्गा गाडी चढ्नमा कोहिकोहि
गिद्दे नजर लाग्ला नि फेरी दु:खद बेलामा नेपालालाई !!

राहत कुरी बसिरहेका छन हरदिन गरीब पिडितहरु
सोच्दैछन बिचरा ६०१ सदस्यभन्दा जन्मिएहुन्थ्यो १०१ धुर्मुसहरु
बर्षभरिको मिहिनेत खेर जाँदा मरे सरह हुन्छन उनिहरु
रुदैकराउदै श्रद्धान्जली दिन विवश छन बिचरा तराईबासिहरु !!

भोको पेट , नाङ्गो शरिर छैनन सन्तान आफुमाँझ
नेपाल आमाको मन रुन्छ सन्तानलाई सम्झी हर साँझ
थपिन्छ सबै परिवार पाल्ने एउटैलाई मात्र बोझ
गरी बस्छन ति मुढे नेताहरु मस्ती र मोझ !!

बिचरा ति अकिन्चन मानिसका स्वर सुन्दिएलान कसले ?
भन्छन तिनिहरु सधै “बगाइ लाग्यो हरेक सपना तेही निर्दयि पानीले”
“बगाइ लाग्यो हरेक सपना तेही निर्द यि पानीले”
“बगाइ लाग्यो हरेक सपना तेही निर्द यि पानीले” !!

सदिक्षा वाग्ले
कक्षा -९
इडन बृज एकेडेमि
धापासि, काठमाडौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.