पल्लवको साहित्यिककुम्भ मेला र चितवनका तीनगजल सारथी

Kapil, Agyant, प्रा. कपिल अज्ञात, pallawa, पल्लव

प्रा. पिल अज्ञात

पुनः प्रकाशन
विगतमा जस्तै २०७४ भदौ १७, चितवनमा ँपल्लव साहित्य प्रतिष्ठान’ को साहित्यिक कुम्भ मेला वर्षौ पिच्छे कुनै झमेला नमानी उत्साह र उमङ्गपर्ूवक मनाइन्छ । यस मेलामा नेपालका दूरदराजमा रहेका साहित्यानुरागी त आउँछ नै भारतको दार्जिलिङ, आसाम, बिहार, उत्तरप्रदेश तथा पञ्जाब, पटियाला देखिका साहित्यकारको पनि उपस्थिति हुन्छ । धेरै ठाउँका धेरै साहित्यानुरागीको जमघट, दर्जनौँ प्रकाशित कृतिको आदान ­-प्रदान, विविध सम्मान र पुरस्कारको र्समर्पण कार्यक्रममा रचना सुन्ने-सुनाउने भन्दा पनि चिनाजानी र रमाइलो नै अधिक भएकाले मेला भनिएको हो ।

 

त्यसमा प्रयुक्त कुम्भ शब्दले साहित्यिक धर्म-कर्म र तिर्थलाई सङ्केत गरिएको छ ।
मेला उत्सवका निम्तिहुने मानिसहरूको भेला वा जमघट हो । यसको आयोजना सामान्य खर्चले सम्भव छैन । अझ कुम्भ मेला भनेपछि खर्चको लागत भारी नै पर्छ । बाहिरबाट आएका कम्तिमा ४०-४५ जना अतिथि साहित्यकारहरूको घटीमा दर्ुइ दिन-दर्ुइ रातको खर्चपानी बेहोर्नै पर्‍यो । पाटीपौवा वा ठाँटीमा राखेर भएन । अहिलेका आराम दायी आधुनिक अतिथिगृहको व्यवस्था गर्नै पर्‍यो । कम्तिमा एकसय चालिस जनाभन्दा बढी साहित्यिक सहभागीहरूलाई अन्न-पानीबाट बनेका शरीरको राम्रै खाजाले स्वागत गर्नैपर्‍यो । यो सबै खर्चको हिसाब गर्दा कम्तिमा वर्षौपिच्छे दर्ुइतीन लाखसम्म खर्च हुने देखिन्छ । कुनै संस्थाको सहयोग बिना यो एकै व्यक्तिले मन फुकाएर गरिएको खर्चले सञ्चालन हुन्छ ।
सगोल परिवारका मूलव्यक्तिले यसरी मन फुकाएर खर्च गर्दा उनैको पूरा परिवारले अति राजी-खुसी सहित हाँसीहाँसीले साथदिएको देखिन्छ । साहित्यप्रति यत्रो उत्साहपर्ूवक सहभागिता अन्यत्र कहाँ देखिन्छ । फेरि यहाँ एकदिनको मात्रखर्चको कुरा होइन, सम्मानित र पुरस्कृत हुने व्यक्तिहरूको सम्मान-पत्रबनाउनै पर्‍यो, प्रकाशकीय र भूमिका लेख्नै पर्‍यो, सम्बन्धित सबैलाई निम्तागर्नै पर्‍यो, प्रमुखअतिथिको व्यवस्था गर्न पर्‍यो, सम्मानित र पुरस्कृत व्यक्तित्वका बारेमा बोल्ने व्यक्तिहरूको पनि प्रबन्ध मिलाउनु पर्‍यो । यति धेरै कामका निम्ति कहीँ कत्ति झ्याउझन्झट नमानीकन उत्साह र उमङ्गले लागिरहनु भनेको कम सानो पुरुषार्थ होइन । साहित्यिक समृद्धिका निम्ति गरेका यी कामहरूको कुनै पार्टर्ीी मूल्याङ्कन गर्ला भन्ने छैन, यो सामाजिक योगदानको कहीँ उल्लेख होला भन्ने छैन, कहीँ कतैबाट अभिलेख राखिएला भन्ने पनि छैन । दान-पुण्यका निम्ति भनी गरिएको यो खर्चबाट कहीँ आयकर छुट होला भन्ने पनि छैन । यो नितान्त आत्मिक सुख र साहित्यिक साथीहरूसँगको रमाइलो र अतिथि सत्कारमा गरिएको यो खर्च हो । एक-दर्ुइ पटक तामझाम गर्लान् फेरि थाक्लान्, सेलाउलान् भनेको त झन्झन् जर्ुर्मुराएर बाँचुञ्जेल सम्मपो गर्ने भए । यसलाई शेषपछि पनि निरन्तरता देलान् भन्ने कुरामा भने अनुमान गर्न सकिएन किनभने ठूलो अक्षयकोषको स्थापना भएको देखिन्न भन्दा भन्दा त्यत्त पन ििबस्तारै हुन्छ भन्ने गोर्खे साइँलोको जवाफ रहेकत्त छ । जेहोस्, बाँचुञ्जेल यसरी नै गर्ने भए भन्ने त पक्का भैहाल्यो यसरी नै गरिरहे समाजका निम्ति यो भन्दा ठूलो योगदान र यज्ञ के होला –
कुम्भ पुण्य पर्व हो । वृहस्पति र र्सर्ूय एकसाथ हुँदा प्रयाग, हरिद्वार आदि पुण्य क्षेत्रमा प्रत्येक बाह्र वर्षा एक महिनासम्म मनाउने गरिन्छ । धार्मिक क्षेत्रमा प्रयुक्तहुने यही कुम्भ शब्द पवित्रता र विशिष्टताको अर्थमा साहित्यिक सर्न्दर्भमा पनि प्रयोग गरिएको हो । कर्ता भएर समग्र खर्च मेरो भनेर सङ्कल्प गरिसके पछि साहित्यिक अनुराग राख्नेहरू निपातजस्तो भएर उपस्थित नहुने कुरै भएन । जन्मोत्सव नै भएपनि साहित्यकारहरूलाई नै आफ्नो सहृदयी परिवार सम्झेर यति ठूलो खाजा र मेला सञ्चालनको व्यवस्था र यहाँ अरू कसैले बेहोर्न सकेको छ – पङ्क्तिकारले यो प्रशंसाको प्रयोजनले कथेका शब्द नभई अति व्यक्तिवादी, अति गुटबन्दी र स्वार्थ केन्द्रीहुँदै गएको सामाजिक परिवेशमा साहित्यिक आराधना र अर्चनामा अति वृहद् द्रव्यराशि व्यय गर्नु मामुली कार्य होइन, उदार भावना र छाती दह्रै भएकाले मात्रगर्न सक्छ भन्ने देखाउन खोजेको छ ।
कतिले हौसिएर वा रौसिएर गरेको खर्च भन्लान्, कतिले धनको तुजुक देखाउन गरिएको उत्सव भन्लान् । सबैतिर राम्रो गर्ने रामको त निन्दा गर्ने निस्कन्छन् भने यिनको कसैले कुरा काट्दैनन् भन्न सकिन्न । अरूले कुरा काट्छन् भनेर राम्रो काममा सक्रियता नदेखाउनु पनि राम्रो कुरा होइन । आफ्नो शक्ति-सामर्थ्य अनुसार राम्रो गर्छर्ुु सबैको भलो हुने गरेर देखाउँछु भन्दा यिनका पनि आफ्नै सीमा होलान् । कमजोरी कार्य गर्ने कै हुन्छन् । यिनका पनि प्रशस्तै भूल र त्रुटि होलान् तर आफू नाङ्गिएर र आफ्ना सन्तानलाई ऋणको बोझ थपेर यतिभारी आयोजन भने नगरून् । यस्तो उदारता राख्ने सँग हर कसैले सदाशय र सद्भाव राख्नर्ुपर्छ । यही प्रयोजनले बराबर उपस्थिति पनि जनाउने गरिन्छ तर आयोजक संस्थाहरूले योग्यतालाई भन्दा आडम्बरलाई अधिक महत्त्व दिने गर्छन् । उपेक्षाबोध गरेर पनि साहित्यको गौरव बढाउने प्रयास गरिन्छ । यहाँ सभ्यकि वैचारिक संस्थाले पनि पदीय मर्यादाको स्तर कायम गर्दैनन् । तेत्तीस कोटि देवतामान्ने स्वतन्त्रता छ तर दुनियाँको विरोध र र्समर्थन हेरी विवेकको ढोका नउघारि कन कोही हल्लाको भरमा निर्ण्र्ाागर्न पुग्दछन् । सही कार्यको सही मूल्याङ्कन भयो, सहीव्यक्तिले सही समयमा प्रेरणा र प्रोत्साहन पायो भने सत्मार्ग तर्फसबैको रुचि र लगाव बढ्दछ । अर्को कुरा, साहित्यिक सम्मानको दृष्टि र धारणा पनि रुढ छ । पुरानै रीतिस्थिति वा परम्परागत पद्धति भन्दा माथि उठेर साहित्यिक आँकलनको प्रयास छैन । आफैले राम्ररी नपढेका अग्रजसँग पनि अनुजले आफूले तत्काल रचेका कृतिको समीक्षा होस् भन्ने अपेक्षा राख्दछन् र मूल्यहीन कार्य गर्न दबाव सिर्जना गर्छन् । साहित्यमा साहित्यिक दायित्व र सीमाबोध नभएपछि यस्तै विकृतिले पनि बढी प्रश्रय पाउन सक्ने रहेछ । जहाँ व्यावसायिक लाभको कुनै अपेक्षा नराखी विशुद्ध साहित्यिक समृद्धिको मात्र कामना गरिन्छ, त्यहाँ सबै पक्षलाभान्वित हुने अवसर खुल्दछ । यो तथ्य सरोकारवाला सबैले बुझनु जरुरी छ ।
धनका तीन गति छन् – दान, भोग र नाश । उपर्युक्त सम्बन्धित खर्च केहीदान र केहीभोग पनि हो । साहित्यलाई नै गया, काशी, बद्री, केदार सम्झेर गरिएको, हुनेका लागित्यति ठूलो कुरा पनि होइन । पुगिसरी नहुनेका निम्ति ठूलै कुरा पनिहो । मूलले होस्टे गरेपछि परिवारले हैँसे गर्ने, पतिले चाहना गरेपछि पत्नीले रमाएर साथदिने अनि सबै छोराबुहारी र नातिनातिनाले समेत उत्साह र उमङ्गपर्ूवक आफ्नो सक्रिय सहभागिता देखाउने यस्तो एक्यभावनाको परिवार कहाँ देख्न सकिन्छ – संयुक्त परिवारको कोठीमा समाजमा यस्तो पारिवारिक समृद्ध संरचना देख्न पाउनदर्ुलभ छ । पैसा प्रशस्त हुनेहरूले पनि अस्ट्रेलिया र अमेरिकाको भ्रमणमा सिध्याउने योजना बनाउलान् । यस्तो साहित्यिक जमघटको खर्चलाई अर्घर्ेेे देख्दाहुन् तर कसैले यसैलाई उत्सव देख्छन् र आमन्त्रण गर्छन् भन्ने त्यस्तोमा सहभागीहुनआफ्नो धर्म सम्झनेहरू पनि छन् । पल्लवभित्र गुणात्मकताको आफ्नै सीमा छ । त्यो आफ्नै प्रवृत्ति र साधनामा निर्भर गर्छ तर छपाईमा अत्याधुनिक प्रविधिको अधिकतम उपयोग गरेको पाइन्छ । आवरण र कागजको गुणस्तर नमुनाकै रूपमा देखिन्छ । यसले साहित्यका नवप्रवेशी एवम् प्रकाशनको आधार र आश्रय खोज्नेलाई राम्रो छाताको काम र शिविरसमेत प्राप्त गरेको छ भन्दा अत्युक्तिहो हओइन ।
यथार्थमा पल्लव गजलको प्रारम्भिक पाठशाला हो । त्यसो त दूरदराजका साहित्यकारहरू पनि सम्मानित भएका छन् । अधिकमात्रामा गजलकै गतिविधि हुने र केहीमात्रामा छन्दकै पनि अभ्यास हुने गरेको पाइन्छ । गजल सर्न्दर्भका कुरा उठ्दा आधुनिक गजल अभियन्ताका रूपमा प्रभाकर पण्डितको पनि उल्लेखनीय भूमिका देखिन्छ भने अत्याधुनिक प्रविधि नेटको उपयोग गरेर गजल सञ्जाल र कृति प्रकाशनमा हाम्रो मझेरीका पुष्पअधिकारी ँअञ्जलि’पनि महत्त्वपूर्ण गजल सारथीका रूपमा देखा पर्छन् । यसप्रकार पल्लव साहित्यिक पत्रिका, पल्लव साहित्य प्रतिष्ठान र www.pallawa.com.np त सबैको छाता भएको छ । र शिविरकै कामगर्ने हाम्रो मझेरी सञ्जालको निर्माण गर्ने र सगुन गुणको दिशाबोध गर्ने गराउने गजलसम्बन्धी महत्त्वपूर्ण ऐतिहासिक कार्य योजना हुन् । यी तीनैजानाले चितवनलाई गजलको राजधानी तुल्याउन सक्छन् तर गुणात्मक प्राप्तिबिना राजधानी बन्न नसक्ने तथ्यभने तीनै सारथीले बुझन आवश्यक छ ।

प्रा. कपिल अज्ञात
भरतपुर १२, चितवन ।
९८४५११००३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.