पुनः प्रकाशन
विगतमा जस्तै २०७४ भदौ १७, चितवनमा ँपल्लव साहित्य प्रतिष्ठान’ को साहित्यिक कुम्भ मेला वर्षौ पिच्छे कुनै झमेला नमानी उत्साह र उमङ्गपर्ूवक मनाइन्छ । यस मेलामा नेपालका दूरदराजमा रहेका साहित्यानुरागी त आउँछ नै भारतको दार्जिलिङ, आसाम, बिहार, उत्तरप्रदेश तथा पञ्जाब, पटियाला देखिका साहित्यकारको पनि उपस्थिति हुन्छ । धेरै ठाउँका धेरै साहित्यानुरागीको जमघट, दर्जनौँ प्रकाशित कृतिको आदान -प्रदान, विविध सम्मान र पुरस्कारको र्समर्पण कार्यक्रममा रचना सुन्ने-सुनाउने भन्दा पनि चिनाजानी र रमाइलो नै अधिक भएकाले मेला भनिएको हो ।
त्यसमा प्रयुक्त कुम्भ शब्दले साहित्यिक धर्म-कर्म र तिर्थलाई सङ्केत गरिएको छ ।
मेला उत्सवका निम्तिहुने मानिसहरूको भेला वा जमघट हो । यसको आयोजना सामान्य खर्चले सम्भव छैन । अझ कुम्भ मेला भनेपछि खर्चको लागत भारी नै पर्छ । बाहिरबाट आएका कम्तिमा ४०-४५ जना अतिथि साहित्यकारहरूको घटीमा दर्ुइ दिन-दर्ुइ रातको खर्चपानी बेहोर्नै पर्यो । पाटीपौवा वा ठाँटीमा राखेर भएन । अहिलेका आराम दायी आधुनिक अतिथिगृहको व्यवस्था गर्नै पर्यो । कम्तिमा एकसय चालिस जनाभन्दा बढी साहित्यिक सहभागीहरूलाई अन्न-पानीबाट बनेका शरीरको राम्रै खाजाले स्वागत गर्नैपर्यो । यो सबै खर्चको हिसाब गर्दा कम्तिमा वर्षौपिच्छे दर्ुइतीन लाखसम्म खर्च हुने देखिन्छ । कुनै संस्थाको सहयोग बिना यो एकै व्यक्तिले मन फुकाएर गरिएको खर्चले सञ्चालन हुन्छ ।
सगोल परिवारका मूलव्यक्तिले यसरी मन फुकाएर खर्च गर्दा उनैको पूरा परिवारले अति राजी-खुसी सहित हाँसीहाँसीले साथदिएको देखिन्छ । साहित्यप्रति यत्रो उत्साहपर्ूवक सहभागिता अन्यत्र कहाँ देखिन्छ । फेरि यहाँ एकदिनको मात्रखर्चको कुरा होइन, सम्मानित र पुरस्कृत हुने व्यक्तिहरूको सम्मान-पत्रबनाउनै पर्यो, प्रकाशकीय र भूमिका लेख्नै पर्यो, सम्बन्धित सबैलाई निम्तागर्नै पर्यो, प्रमुखअतिथिको व्यवस्था गर्न पर्यो, सम्मानित र पुरस्कृत व्यक्तित्वका बारेमा बोल्ने व्यक्तिहरूको पनि प्रबन्ध मिलाउनु पर्यो । यति धेरै कामका निम्ति कहीँ कत्ति झ्याउझन्झट नमानीकन उत्साह र उमङ्गले लागिरहनु भनेको कम सानो पुरुषार्थ होइन । साहित्यिक समृद्धिका निम्ति गरेका यी कामहरूको कुनै पार्टर्ीी मूल्याङ्कन गर्ला भन्ने छैन, यो सामाजिक योगदानको कहीँ उल्लेख होला भन्ने छैन, कहीँ कतैबाट अभिलेख राखिएला भन्ने पनि छैन । दान-पुण्यका निम्ति भनी गरिएको यो खर्चबाट कहीँ आयकर छुट होला भन्ने पनि छैन । यो नितान्त आत्मिक सुख र साहित्यिक साथीहरूसँगको रमाइलो र अतिथि सत्कारमा गरिएको यो खर्च हो । एक-दर्ुइ पटक तामझाम गर्लान् फेरि थाक्लान्, सेलाउलान् भनेको त झन्झन् जर्ुर्मुराएर बाँचुञ्जेल सम्मपो गर्ने भए । यसलाई शेषपछि पनि निरन्तरता देलान् भन्ने कुरामा भने अनुमान गर्न सकिएन किनभने ठूलो अक्षयकोषको स्थापना भएको देखिन्न भन्दा भन्दा त्यत्त पन ििबस्तारै हुन्छ भन्ने गोर्खे साइँलोको जवाफ रहेकत्त छ । जेहोस्, बाँचुञ्जेल यसरी नै गर्ने भए भन्ने त पक्का भैहाल्यो यसरी नै गरिरहे समाजका निम्ति यो भन्दा ठूलो योगदान र यज्ञ के होला –
कुम्भ पुण्य पर्व हो । वृहस्पति र र्सर्ूय एकसाथ हुँदा प्रयाग, हरिद्वार आदि पुण्य क्षेत्रमा प्रत्येक बाह्र वर्षा एक महिनासम्म मनाउने गरिन्छ । धार्मिक क्षेत्रमा प्रयुक्तहुने यही कुम्भ शब्द पवित्रता र विशिष्टताको अर्थमा साहित्यिक सर्न्दर्भमा पनि प्रयोग गरिएको हो । कर्ता भएर समग्र खर्च मेरो भनेर सङ्कल्प गरिसके पछि साहित्यिक अनुराग राख्नेहरू निपातजस्तो भएर उपस्थित नहुने कुरै भएन । जन्मोत्सव नै भएपनि साहित्यकारहरूलाई नै आफ्नो सहृदयी परिवार सम्झेर यति ठूलो खाजा र मेला सञ्चालनको व्यवस्था र यहाँ अरू कसैले बेहोर्न सकेको छ – पङ्क्तिकारले यो प्रशंसाको प्रयोजनले कथेका शब्द नभई अति व्यक्तिवादी, अति गुटबन्दी र स्वार्थ केन्द्रीहुँदै गएको सामाजिक परिवेशमा साहित्यिक आराधना र अर्चनामा अति वृहद् द्रव्यराशि व्यय गर्नु मामुली कार्य होइन, उदार भावना र छाती दह्रै भएकाले मात्रगर्न सक्छ भन्ने देखाउन खोजेको छ ।
कतिले हौसिएर वा रौसिएर गरेको खर्च भन्लान्, कतिले धनको तुजुक देखाउन गरिएको उत्सव भन्लान् । सबैतिर राम्रो गर्ने रामको त निन्दा गर्ने निस्कन्छन् भने यिनको कसैले कुरा काट्दैनन् भन्न सकिन्न । अरूले कुरा काट्छन् भनेर राम्रो काममा सक्रियता नदेखाउनु पनि राम्रो कुरा होइन । आफ्नो शक्ति-सामर्थ्य अनुसार राम्रो गर्छर्ुु सबैको भलो हुने गरेर देखाउँछु भन्दा यिनका पनि आफ्नै सीमा होलान् । कमजोरी कार्य गर्ने कै हुन्छन् । यिनका पनि प्रशस्तै भूल र त्रुटि होलान् तर आफू नाङ्गिएर र आफ्ना सन्तानलाई ऋणको बोझ थपेर यतिभारी आयोजन भने नगरून् । यस्तो उदारता राख्ने सँग हर कसैले सदाशय र सद्भाव राख्नर्ुपर्छ । यही प्रयोजनले बराबर उपस्थिति पनि जनाउने गरिन्छ तर आयोजक संस्थाहरूले योग्यतालाई भन्दा आडम्बरलाई अधिक महत्त्व दिने गर्छन् । उपेक्षाबोध गरेर पनि साहित्यको गौरव बढाउने प्रयास गरिन्छ । यहाँ सभ्यकि वैचारिक संस्थाले पनि पदीय मर्यादाको स्तर कायम गर्दैनन् । तेत्तीस कोटि देवतामान्ने स्वतन्त्रता छ तर दुनियाँको विरोध र र्समर्थन हेरी विवेकको ढोका नउघारि कन कोही हल्लाको भरमा निर्ण्र्ाागर्न पुग्दछन् । सही कार्यको सही मूल्याङ्कन भयो, सहीव्यक्तिले सही समयमा प्रेरणा र प्रोत्साहन पायो भने सत्मार्ग तर्फसबैको रुचि र लगाव बढ्दछ । अर्को कुरा, साहित्यिक सम्मानको दृष्टि र धारणा पनि रुढ छ । पुरानै रीतिस्थिति वा परम्परागत पद्धति भन्दा माथि उठेर साहित्यिक आँकलनको प्रयास छैन । आफैले राम्ररी नपढेका अग्रजसँग पनि अनुजले आफूले तत्काल रचेका कृतिको समीक्षा होस् भन्ने अपेक्षा राख्दछन् र मूल्यहीन कार्य गर्न दबाव सिर्जना गर्छन् । साहित्यमा साहित्यिक दायित्व र सीमाबोध नभएपछि यस्तै विकृतिले पनि बढी प्रश्रय पाउन सक्ने रहेछ । जहाँ व्यावसायिक लाभको कुनै अपेक्षा नराखी विशुद्ध साहित्यिक समृद्धिको मात्र कामना गरिन्छ, त्यहाँ सबै पक्षलाभान्वित हुने अवसर खुल्दछ । यो तथ्य सरोकारवाला सबैले बुझनु जरुरी छ ।
धनका तीन गति छन् – दान, भोग र नाश । उपर्युक्त सम्बन्धित खर्च केहीदान र केहीभोग पनि हो । साहित्यलाई नै गया, काशी, बद्री, केदार सम्झेर गरिएको, हुनेका लागित्यति ठूलो कुरा पनि होइन । पुगिसरी नहुनेका निम्ति ठूलै कुरा पनिहो । मूलले होस्टे गरेपछि परिवारले हैँसे गर्ने, पतिले चाहना गरेपछि पत्नीले रमाएर साथदिने अनि सबै छोराबुहारी र नातिनातिनाले समेत उत्साह र उमङ्गपर्ूवक आफ्नो सक्रिय सहभागिता देखाउने यस्तो एक्यभावनाको परिवार कहाँ देख्न सकिन्छ – संयुक्त परिवारको कोठीमा समाजमा यस्तो पारिवारिक समृद्ध संरचना देख्न पाउनदर्ुलभ छ । पैसा प्रशस्त हुनेहरूले पनि अस्ट्रेलिया र अमेरिकाको भ्रमणमा सिध्याउने योजना बनाउलान् । यस्तो साहित्यिक जमघटको खर्चलाई अर्घर्ेेे देख्दाहुन् तर कसैले यसैलाई उत्सव देख्छन् र आमन्त्रण गर्छन् भन्ने त्यस्तोमा सहभागीहुनआफ्नो धर्म सम्झनेहरू पनि छन् । पल्लवभित्र गुणात्मकताको आफ्नै सीमा छ । त्यो आफ्नै प्रवृत्ति र साधनामा निर्भर गर्छ तर छपाईमा अत्याधुनिक प्रविधिको अधिकतम उपयोग गरेको पाइन्छ । आवरण र कागजको गुणस्तर नमुनाकै रूपमा देखिन्छ । यसले साहित्यका नवप्रवेशी एवम् प्रकाशनको आधार र आश्रय खोज्नेलाई राम्रो छाताको काम र शिविरसमेत प्राप्त गरेको छ भन्दा अत्युक्तिहो हओइन ।
यथार्थमा पल्लव गजलको प्रारम्भिक पाठशाला हो । त्यसो त दूरदराजका साहित्यकारहरू पनि सम्मानित भएका छन् । अधिकमात्रामा गजलकै गतिविधि हुने र केहीमात्रामा छन्दकै पनि अभ्यास हुने गरेको पाइन्छ । गजल सर्न्दर्भका कुरा उठ्दा आधुनिक गजल अभियन्ताका रूपमा प्रभाकर पण्डितको पनि उल्लेखनीय भूमिका देखिन्छ भने अत्याधुनिक प्रविधि नेटको उपयोग गरेर गजल सञ्जाल र कृति प्रकाशनमा हाम्रो मझेरीका पुष्पअधिकारी ँअञ्जलि’पनि महत्त्वपूर्ण गजल सारथीका रूपमा देखा पर्छन् । यसप्रकार पल्लव साहित्यिक पत्रिका, पल्लव साहित्य प्रतिष्ठान र www.pallawa.com.np त सबैको छाता भएको छ । र शिविरकै कामगर्ने हाम्रो मझेरी सञ्जालको निर्माण गर्ने र सगुन गुणको दिशाबोध गर्ने गराउने गजलसम्बन्धी महत्त्वपूर्ण ऐतिहासिक कार्य योजना हुन् । यी तीनैजानाले चितवनलाई गजलको राजधानी तुल्याउन सक्छन् तर गुणात्मक प्राप्तिबिना राजधानी बन्न नसक्ने तथ्यभने तीनै सारथीले बुझन आवश्यक छ ।
प्रा. कपिल अज्ञात
भरतपुर १२, चितवन ।
९८४५११००३०
